दिवंगत नेताको निवासमा सुरक्षाकर्मीको निरन्तर पहरा कति आवश्यक  ? 

दिवंगत नेताको निवासमा सुरक्षाकर्मीको निरन्तर पहरा कति आवश्यक  ? 

कोइराला निवासका सुरक्षाका लागि खटिएको सुरक्षा युनिटलाई सरकारले हटाएपछि केही अनलाइनवालाले  ‘सुटुक्क हटाईयो’ भनेर मुख्य समाचार बनाए । समचारको आशय दिवंगत भईसकेका पूर्व प्रधानमन्त्रीको घरमा सुरक्षा दिइरहनु पर्ने खालको देखिन्छ । यदि सवै दिवंगत नेताहरुको घरमा राज्यले सुरक्षा दिइराख्ने हो भने राज्यलाई आर्थिक भार पर्दै जान्छ, जुन विल्कुलै जायज होइन, छैन। 

तर कोइराला निवासको सम्पतीलाई राज्यकै सम्पत्ती मानेर संग्राहलयको रुपमा विकास गरिनेहो भने सुरक्षा दिनु पर्छ तर पछि अंशबण्डा भएर एकजना ब्यक्तिको नाममा गै सकेको जग्गालाई पुर्व प्रधानमन्त्री निवास भएकै आधारमा सुरक्षाकर्मीको निरन्तर पहरा कतिको आवश्यक पर्छ ? 

अनलाईन खवरको यसै समाचारलाई लिएर गृहमन्त्रीको राजनीतिक सल्लाहकार सूर्य सुवेदी 'पथिक'ले फेसवुकपेज मार्फत स्पष्ट पारेका छन्,  "गृह मन्त्रालयले दिवगंत पुर्व प्रधानमन्त्रीहरुको निवास सुरक्षामा रहेका सबै सुरक्षाकर्मी हटाइएको हो। यहि निर्णय अनुसार गिरिजा प्र. कोइराला ,सुर्य ब थापा, कृष्ण प्रसाद भट्टराई ,सुशील कोइरालाको निवास सुरक्षामा खटिएका प्रहरीहरुलाइ झिकेर कतिपय नयाँ पोष्ट निर्माण गरिएको हो। गिरिजाबाबुको पुर्ख्यौली घरलाइ जनताको सम्पती बनाएर सार्वजनिक हितमा प्रयोग गर्ने निर्णय गरे भने सुरक्षाबारे सोच्न सकिन्छ। अहिले उक्त बिराटनगर घर जमिन शेखर कोइरालाको भागमा परेको देखिन्छ।"