तीन महिना पछि पाकिस्तानी हवाई मार्गबाट दिल्लीमा ओर्लियो पहिलो विमान
अबु धाबीबाट पाकिस्तानको हवाई मार्ग भएर एतिहादको विमान दिल्लीमा तीन महिनापछि पहिलो पटक ओर्लिएको छ ।
पाकिस्तानको बालकोटमा भारतको वायु सेनाले आक्रमण गरेपछि दुई देशबीच उत्पन्न तनावका कारण पाकिस्तानको हवाई मार्गमा लगाएको बन्देज यता पहिलो पटक यो विमान अवतरण गरेको हो ।
एतिहाद एयरवेजको इवाइ २२४ पाकिस्तानको हवाई मार्गबाट गुजरात भएर दिल्लीमा विमान आएको नागरिक उड्डयन मन्त्रालयका एक बरिष्ठ अधिकारीले जनाएका छन् ।
प्रतिबन्ध लगाएपछि निर्माण भएको हवाई मार्गबाट दिल्ली आइपुग्ने बाटो भन्दा यो बाटो ४० मिनेटको बचत गर्ने बाटो हो ।
पाकिस्तानले फेब्रुअरी २७ मा हवाई मार्गमा भारतबाट उडने विमानलाई प्रतिबन्ध लगाएको थियो ।
२०७६ साल जेठ २०
प्रतिक्रिया