अमेरिकी विदेशमन्त्री भारत आउँदै
२० जेठ । जी ट्वेन्टीमा मोदी ट्रम्पको बैठक मिलाउन अमेरिकी विदेशमन्त्री भारत आउँदै ओसाकामा आयोजना हुने दुई दिने जी ट्वेन्टीको शिखर सम्मेलनको क्रममा
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीचको बैठकको चाँजोपाँजो मिलाउन अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ भारतको भ्रमण गर्ने भएका छन् ।
त्यसक्रममा उनले नवनियुक्त विदेशमन्त्री एस जयशंकरसँग भेटवार्ता गर्ने अपेक्षा गरिएको छ ।
ओसाकामा जुन २८–२९मा जी ट्वेन्टी देशका सरकार प्रमुख र राष्ट्रप्रमुखहरूको सम्मेलन हुने भएको छ ।
अमेरिका र भारतबीच व्यापार विवाद समाधान गर्ने विषयमा सो बैठक प्रभावकारी हुने अपेक्षा गरिएको छ । अमेरिकाले भारतलाई दिँदै आएको व्यापार सुविधामा कटौती गरेपछि दुई देशबीचको व्यापार सम्बन्धमा विवादमा उत्पन्न भएको हो ।
साथै अगस्टमा फ्रान्समा आयोजना हुने जी सेभेनको बैठकमा भारतलाई सहभागी हुन निम्तो दिन पनि पोम्पेओको भारत भ्रमण हुन सक्ने देखिएको छ ।
जी सेभनमा पर्यवेक्षकको रूपमा चिली, अस्ट्रेलिया र दक्षिण अफ्रिकाजस्तै भारतलाई सो जी सेभेनमा सहभागी हुने भएको छ ।
साथै भारतले रूससँग हातहतियार किनिरहेको विषयमा अमेरिका र भारतीबीच छलफल हुने अपेक्षा छ ।
प्रतिक्रिया