चीन ताइवान सम्बन्धमा हस्तक्षेप गरे ध्वस्त पार्ने चेतावनी

चीन ताइवान सम्बन्धमा हस्तक्षेप गरे ध्वस्त पार्ने चेतावनी


काठमाडौ । चीन र अमेरिकाले व्यापार र सुरक्षाका विषयमा एक अर्काबीच भिडन्त हुने अवस्थाको तीखो अभिव्यक्ति सार्वजनिक गरेका छन् ।

एसियाली क्षेत्र मात्रै होइन विश्वलाई यसले खतरा पैदा गर्ने दुबैले एक अर्कामाथि आरोप लगाएका हुन् ।

सिंगापुरको सांग्रिला ला डायलगमा आयोजित एसियाको प्रमुख रक्षा सम्मेलनमा दुबै देशका प्रतिनिधिहरूले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन् ।

अमेरिकाले ताइवान र दक्षिण चीन समुद्रामाथिको सुरक्षा विवादमा पानी धमिलो पार्न खोजेको आरोप लगाउँदै चीनका रक्षा मन्त्री वेइ फेङ्गेले त्यसो नगर्न चेतावनी दिए ।

अमेरिकाका कार्यबाहक रक्षा मन्त्री प्याट्रिक शानाहानले एसियामा चिनियाँ व्यवहारलाई त्यसै हुन नदिने जनाए ।

अन्तर्राष्ट्रिय कानुन व्यवस्थामा आधारित कानुनलाई सम्मान गर्नु भन्दा पनि  त्यसलाई अवमूल्यन गर्ने गर्ने यस क्षेत्रका खेलाडीहरूले दीर्घकालीन खतरा थोपरिरहेको अमेरिकी रक्षा मन्त्री शानाहानले बताए ।

अमेरिका र चीनबीचको व्यापार युद्ध चर्किरहेका बेला सुरक्षा सम्बन्धी विषयमा यी दुई देशलले  यो नयाँ खालको कुटता पूर्ण टिप्पणी एका अर्काका लागि व्यक्त गरेका छन् । अमेरिकाले ताइवानलाई समर्थन गरेर दक्षिण चीन समुद्र क्षेत्रमा चुनौती खडा गरे त्यसक्षेत्रमा जहाजको स्वतन्त्र गस्ती गरिरहेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले चीनको ताइवानलाई समर्थन बढाएर त्यहाँ ताइवानको बाटोमा अमेरिकी जल सैनिक जहाजको गस्ती बढाइदिएको कदमबाट चीनलाई क्रुद्ध बनाएको छ ।

सांग्रिला डा डायलगमा आयोजित सुरक्षा सम्मेलनमा सैनिक पोशाकमा चिनियाँ रक्षामन्त्रीले वेइले ताइवानसँग बेइजिंगको सम्बन्धमा कसैले हस्तक्षेप गर्न खोजे चीनले त्यसलाई मास्ने गरी लडने बताए ।

कसैले चीनबाट ताइवानलाई अलग गराउन साहस गरे त्यसका विरूद्ध सारा ताकतले जाइ लाग्नुपर्ने बाहेक चिनियाँ सेनाका लागि कुनै अन्य विकल्प बाँकी नरहने उनले चेताए ।

तर दुबैले दुई बीच हुने  युद्धले विश्वमा  विपत्ति ल्याउने चेतावनी दिए । ताइवानसँग अन्य अधिकांश देशझै अमेरिकाको पनि औपचारिक सम्बन्ध छैन तर अमेरिकाले ताइवानलाई हातहयिार र बलियो सहयोग गरिरहेको छ ।

त्यस सम्मेलनमा चिनियाँ रक्षा मन्त्री वेइको बोलीमा लडाकुपनको शैली देखिएको थियो ।