प्रधानमन्त्रीका लागि सर्पको छालाबाट चप्पल बनाउने सार्कीलाई जरिवाना
काठमाडौ पाकिस्तानका प्रधानमन्त्री इमरान खानलाई उपहार दिने गरी सर्पको छालाबाट चप्पल बनाउने सार्कीलाई ५० हजार रूपैयाँ जरिवाना तिराइएको छ ।
खेबर पख्तुन्कहवाको वनजन्तु विभागले त्यो चप्पल बनाउने नूरुद्दीन शिनवारीलाई यो जरिवाना गरिएको हो ।
पाकिस्तानको प्रसिद्ध कप्तान चप्पलका कलिगढ शिनवारीले बनाएको त्यो सर्पको चप्पल सामाजिक सञ्जालमा भाइरल भएपछि वनजन्तु विभागले कारबाही अघि बढायो ।
सर्पको छालाको चप्पल भए त्यसका लागि कारबाही हुने जनाउँदै विभागले कारबाही अघि बढाउँदै त्यो अजिङ्गरको छालाबाट बनेको पाइएको थियो ।
विभागले त्यसका लागि कलिगढ शिनवारीलाई ५० हजार जरिवाना तिरायो ।
त्यो चप्पल फिर्ता लिएर आएका शिनवारीले यो चप्पल प्रधानमन्त्री खानलाई इदको उपहारको रूपमा दिने बताए ।
वन अधिकारी अमिर अलिले कलिगढले त्यो चप्पल अजिङ्गरको छालाबाट बनेको पाइएकोले कानुन अनुसार ५० हजार जरिवाना गरिएको पुष्टि गरे ।
शिनवारीले त्यो सर्पको छाला आयात गरेको कागजात उपलब्ध गराउन नसकेको बताउँदै वन अधिकारी अलिले उनलाई वनजन्तुको प्रयोग भविष्यमा नगर्न सचेत गराइएको बताए ।
आइतबार यो चप्पल भाइरल भएपछि त्यहाँका वातावरण मन्त्री इश्तियाक उर्मरले चप्पल जो सुकैका लागि बनाइएको भएपनि कानुनी कारबाही हुने बताएका थिए ।
सन् २०१५मा पेशावरको परम्परागत शैलीको चप्पललाई कप्तान चप्पलको रूपमा शिनवारीले ल्याएर व्यवसाय शुरू गरेका थिए ।
उनले यस अघि इमरान खानको विवाहमा उनका लागि बनाएको चप्पलले लोकप्रियता पाएको बताए ।
प्रतिक्रिया