ट्रम्पको सम्भावित प्रहारबाट अमेरिकी ठूला टेक कम्पनी आतंकित

ट्रम्पको सम्भावित प्रहारबाट अमेरिकी ठूला टेक कम्पनी आतंकित

काठमाडौ अमेरिकाको सिलिकन भ्यालीका अमेजन, एप्पल, फेसबुक र गुगल जस्ता ठूला टेक्नलजि कम्पनीहरू अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासन र त्यहाँको सदन कांग्रेसबाट हुन सक्ने  अविश्वसनीयता सम्बन्धी (एन्टि ट्रस्ट)छानबिनको प्रहारबाट आतंकित हुन पुगेका छन् ।

अमेरिकी कांग्रेसमा रहेका डेमोक्रेट्स र राष्ट्रपति ट्रम्प दुबै सन् २०२०मा हुने चुनावबाट सत्ता कब्जाको दौडमा रहेकाले सिलिकन भ्यालीका ठूला टेकहरूले आफूहरू विरूद्ध एन्टि ट्रस्टको छानबिन गराउने भनिएको कागजात हेर्न पाएको बुझिएको छ ।

यद्यपि कुनै टेक कम्पनीको नाम नखुलाउँदै संसदीय समितिका अध्यक्ष जेरोल्ड नाडलरले केही मुट्ठीभर पालेले अनलाइन व्यवसाय, विषय र सञ्चारका महत्वपूर्ण धमनीको प्रयोग गरी नियन्त्रण कायम गरेको बताए । 

सामान्यतया नाडलरसँग असहमत हुने रिपब्लिकन सांसदहरूले यो छानबिनमा राष्ट्रपति ट्रम्पले सहमति जनाउने देखिएको बताए ।

यस सम्बन्धमा अमेरिकाको न्याया विभागले छानबिन गर्ने बारे भएको हल्लाबाट गुगलको माउ कम्पनी अलफाबेटका बारेमा छानबिन गर्ने र संघीय व्यापार आयोगले अमेजन र फेसबुकबारे अनुसन्धान गर्ने हल्लाबाट अमेरिकाको टेक क्षेत्रका शेयर बजार ओरालो लाग्यो ।

केही मिनटमै अर्बौ अमेरिकी डलरको बजार भाउ घटेको देखियो ।

अल्फाबेटको शेयरमा ६ प्रशित , फेसबुकको ७.५ प्रतिशत र अमेजनको ४.६ प्रतिशत बढीले ओरालो लागेको थियो ।

एप्पलको शेयर मूल्यमा पनि १ प्रतिशत बढीको ओरालो लागेको देखियो ।

छानबिन हुने हल्ला भएपछि टेक कम्पनीका शेयरहरू ओरालो लागेको थियो । 

ट्रम्पले सामाजिक सञ्जाल र मिडियाको विरोध गर्दै आएकाले पनि यो स्थिति सिर्जना भएको कतिपयको बुझाइ छ ।