व्यापार युद्ध जित्ने चीनको लक्ष्यभेदी अस्त्र ‘रेअर अर्थ मिनरल’
काठमाडौ ।चीनले खोजेको समान व्यापार व्यवहार अमेरिकाबाट नपाए उसले धरतीको दुर्लभ खनिज पदार्थ(रेअर अर्थ मिनरल)को अमेरिकी निर्यात बन्द गर्न सक्ने देखिएको छ ।
अमेरिकाको जङ्रगी देखि नागरिक जीवनमा उपयोग हुने इलेक्ट्रोनिक्स तथा प्रविधिमा आधारित वस्तुहरूको उत्पानका लागि रेअर अर्थ मिनरल महत्वपूर्ण मानिन्छ ।
चीनको वाणिज्य मन्त्रालयले सार्वजनिक गरेको अभिव्यक्तिबाट अमेरिकालाई यो रेअर अर्थ मिनरलको निर्यातमा रोक लगाउने संकेत गरिएको छ ।
मन्त्रालयले भनेको छ –“दुर्लभ खनिज पदार्थका लागि विश्वका अन्य देशबाट भइआएका आवश्यक माग पूरा गर्न चीन चाहिरेको छ भएपनि त्यही वस्तुबाट बनेका उत्पादनमा रोक लगाएर चीनमाथि हैकम लाद्ने व्यवहार चीनलाई स्वीकार हुने छैन् ।”
चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता गाओ फेङले साप्ताहिक पत्रकार सम्मेलनमा कुनै देशको नाम नलिएर यस्तो बताए ।
केही दिन अघि चिनियाँ राष्ट्रपति सी जिनपिनले दुर्लभ खनिज पदार्थको कारखाना रहेको क्षेत्रको भ्रमण गरे ।
त्यो भ्रमण गरेयता अमेरिकासँगको व्यापार युद्धका लागि यो दुर्लभ खनिज पदार्थको निर्यातलाई अचुक अस्त्र बनाउन त खोजेको होइन भन्ने आंशका विश्वभरि फैलिएको छ।
पृथ्वीको दुर्लभ खनिज पदार्थको विश्वमा निर्यात गर्ने देशमा चीन सबै भन्दा ठूलो निर्यातकर्ता हो ।
अमेरिकालाई पनि चीनले यो दुर्लभ खनिज पदार्थ निर्यात गर्दै आएको छ ।
दुलर्भ खनिज पदार्थमा पाइने १७ रासायनिक तत्वहरूको प्रयोग उच्च प्रविधि इलेक्ट्रोनिक्स सामान देखि सेनाका लागि निर्माण गरिने आवश्यक उपकरण निर्माणका लागि गरिन्छ ।
आइफोन देखि विद्युतीय मोटर कारहरू बनाउन मात्र नभएर सेनाको जेट विमान, स्याटेलाइट र लेसर उपकरणका लागि यो दुलर्भ खनिजकामा रहेका तत्वहरू रिचार्ज गर्न सकिने व्याट्रीहरू, विद्युतीय र हाब्रिड कार, उन्नत खालका सेरामिक वस्तु, तेल प्रशोधन गर्ने उपकरण,टेलिभिजन, मोनिटर,प्रकाश दिने उपकरण, लेजर उपकरण, फाइबर अप्टिक्स, सुपरकन्डक्टर र सीसा पोलिस गर्ने वस्तु बनाउनका लागि महत्वपूर्ण छन् ।
यसमा पाइने नियाडाइमियम र डाइस्प्रोसियम जस्ता दुलर्भ खनिज पदार्थका तत्वहरू विद्युतीय वाहनको निर्माणका लागि अति महत्वपूर्ण मानिन्छ ।
यो खनिज पदार्थ भित्रका अन्य तत्वहरू सेनाको जङ्गी समान बनाउन अतिआवश्यक हुन्छ । जेट इन्जिन, मिसाइल गाइडेन्स सिस्टम, एन्टि मिसाइल डिफेन्स सिस्टम, स्याटेलाइट र लेजर बनाउन यो नभइ नहुने तत्वहरू छन् ।
यसमा पाइने ल्याथानम नाइट भिजन डिभाइसरूको उत्पादन गर्न चाहिन्छ ।
रेअर अर्थ मिनिरलको व्यापक प्रयोग रेथेअन कम्पनी ,लकहीड मार्टिन कोर्प र बीएइ सिस्टम जस्ता कम्पनीहरूले जटिल प्रकारका क्षेप्यास्त्रहरू बनाउन प्रयोग गर्छन् ।
यी कम्पनीहरूले बनाउने मिसाइलका लागि गाइडेन्स सिस्टम र सेन्सरका लागि यसको प्रयोग हुन्छ ।
१७ तत्वहरू समावेश भएको यो दुलर्भ खनिजमा ल्यान्थानिम,सेरियम, प्रासेओडाइमियम,निओडाइमियम,प्रोमेथियम, सामारियम,युरोपियम,गाडोलनियम, टरबियम, डाइप्रासियम,होलोमियम, एबियम, थुलियम, यत्तेरबियम, लुटेटियम,स्कानडियम र यत्तिरियम रहेका छन् ।
चीनले प्रशोधन गरेका यी दुर्लभ खनिज पदार्थको ८० प्रतिशत अमेरिकाले लिने गरेको ।
क्यालिफोर्नियाको माउन्टेन पासमा मात्र दुर्लभ खनिजको सञ्चालन सुविधा छ ।
यो माउन्टेन पासबाट ५० हजार टन यो खनिज क्यालिफोर्नियाबाट चीन जाने गरेको छ ।
यो पदार्थको चीन प्रवेशमा २५ प्रतिशत अतिरिक्त महशुल व्यापार युद्धको क्रममा थपेको छ ।
यो प्रशोधन भइ फेरि अमेरिका पुग्दा महँगो हुने भएकाले यो अतिरिक्त भन्सार महशुल चीनले लगाएको हो ।
भारत, दक्षिण अफ्रिका, क्यानाडा, अस्ट्रेलिया, इस्टोनिया, मलेसिया र ब्राजिलजस्ता देशमा यो रेअर अर्थ मिनरल पाइन्छ ।
चुम्बक र स्पिकरमा प्रयोग हुने निओडाइमियमको मूल्य मे २० तारिखमा २६.५ प्रतिशतको बृद्धि भएर प्रति किलो ५० अमेरिकी डलरबाट बढेर ६३.२५ अमेरिकी डलर प्रतिकिलोमा पुगेको देखियो । साथै डाइस्प्रोसियम,एरबियम अक्साइड र गाडोलिनियम अक्साइडको मूल्य १० प्रतिशतले बृद्धि भए ।
यी अक्साइड चिकित्सा क्षेत्रमा तस्विर लिने र इन्धन कोषका लागि प्रयोग हुन्छ ।
रेअर अर्थ मिनरल जस्ता केही अचुक अस्त्र चीनसँग रहेको भएपनि उसले अमेरिकामाथि हैकमवादी व्यवहार गरेको देखाएको देखिएको छैन् ।
उसले व्यापार युद्धबाट दुबै देशलाई घाटा हुने जनाएको छ । व्यापार वार्तामा समान व्यवहार भए सम्झौत हुन सक्ने समेत जनाएको छ ।
प्रतिक्रिया