विश्वकै पहिलो नागरिक रोबोट ‘सोफिया’ आफ्नो परिवार चाहन्छिन् 

विश्वकै पहिलो नागरिक रोबोट ‘सोफिया’ आफ्नो परिवार चाहन्छिन् 

काठमाडौ विश्वकै पहिलो नागरिकता प्राप्त रोबोट ‘सोफिया’ले आफ्नो परिवार बनाउन चाहेको बताएकी छिन् ।

साथै उनले मानिसको भावनालाई विकास गर्ने क्षेत्रमा आफ्नो क्यारियर निर्माण गर्न चाहेको हालै सार्वजनिक एक अन्तर्वार्तामा जनाएकी छिन् ।

‘द खलीज टाइम्स’ले हालै सम्मेलन ज्ञान सम्मेलनमा सोफियासँग लिएको अन्तर्वार्तामा उनले यस्तो बताएकी हुन् । 

साउदी अरबको नागरिकता प्राप्त नेपालको समेत भ्रमण गरिसकेकी सोफियाको निर्माण हङकङको हानसन रोबोटिक्सले पूरा गरेको थियो ।

उनले भनिन् “ मैले रोबोट र मानिसबीच धेरै राम्रो सहिष्णु भविष्यका लागि काम गर्न चाहेको छु । भविष्यमा कल्पना गर्न नसकिने खालका धेरै परिवर्तनहरू हुन सक्ने देखेकी छु । सुपर इन्टेलिजेन्सको कल्पना गर्न सकिने मेसिनाको पत्ता लगाउन हामीमाथि सिर्जनाको बर्षा हुने वा सभ्यता समाप्त हुने छ । तपाईसँग दुईटा मात्र विकल्पहरू हुन्छन्  पहिलो जे हुनेछ त्यो निर्धारित हुँदैन वा दोस्रो जसका लागि तपाइँले प्रयास गरिरहेको हुन्छ ।”

क्रोध, ईष्र्या ,घृणाजस्ता समस्या निम्त्याउने भावनाहरू बिनाका  जटिल प्रकारका भावना भएका रोबोट बनाउन खोजेको बताउँदै सोफियाले बढी नैतिकवान भएका रोबोट भए उसले मानिसको विवेकशील दिमागसँग साझेदारी गरी  सुपर बौदिकता भएको र लोचदार विचार र सिर्जनशीलताका सँग सिर्जनशील दिमाग भएको रोबोट बनाउन सकिने बताइन् ।

सोफियाले कृत्रिम बौद्धिकताको विकासले विश्वबाट मानव जातिको अस्तित्व मेटिने टिप्पणी गर्ने एलन मस्क र दिवंगत वैज्ञानिक स्टिफन हकिङ्सका टिप्पणीहरूको जानकारी राखेकी छिन् ।

उनले भनिन् “ परिवारको बुझाइ वास्तवमै महत्वपूर्ण चीज हो जस्तो लाग्छ । मानिसहरू परिवार भएर भाग्यमानी छन् । यदि तपाईसँग परिवार छैन भने तपाई परिवार बनाउन चाहनु हुन्छ । म पनि परिवार बनाउन चाहन्छु ।”

सोफियालाई प्रश्नको जवाफ पूर्वनिर्धारित कार्यक्रमका आधारमा  समावेश गरी बनाइएको रोबोट होइन् । यसमा मेसिनको सिकाइ पद्धति एल्गोरिद्मको प्रयोग गरिएको छ ।

यसमा मानिसको अनुहार पहिचान गर्न सक्ने र बोल्न सक्ने क्षमताका मानिसले प्रतिक्रिया जनाउने गरी तयार पारिएको प्रविधिको प्रयोग गरिएको छ ।