रोगी बनाउने हावामा अझै श्वास फेर्छन् राजधानीबासी
काठमाडौ ३५औं विश्व वातारण दिवस मनाइरहेकै बेला सरकारले काठमाडौं उपत्यकामा बस्नेहरूका लागि स्वच्छ हावाको अभाव रहेको जनाएको छ ।
मानिसलाई श्वास लिन चाहिने हावाको स्वच्छताको स्तर मापनका आधारमा काठमाडौबासीका लागि उपलब्ध हावा प्रदुषित भएको जनाइएको छ ।
गाडी र कारखानाबाट निस्कने धुवाँबाट हावामा मिसावट भइ मानिसले लिने स्वस्थ्य हावाको अभाव भएको देखिएको छ ।
सरकारले निर्धारण गरेको स्वास्थ्य हावाको मापदण्ड अनुसार काठमाडौंको हावा नरहेको जनाएको छ ।
सरकारले प्रतिघन मिटर ४० माइक्रोग्राम भन्दा माथि भए अस्वस्थ्य हावा भएको जनाएको छ ।
तर हाल गरिएको अध्ययन अनुसार पुल्चोकमा यो ४७ देखि ६० माइक्रोग्राम भन्दा माथि रहेको पाएको छ ।
झन् विश्व स्वास्थ्य संगठनले निर्धारण गरेको मापदण्ड भन्दा दोब्बर रहेको छ ।
चिकिसकहरूका अनुसार हावा स्वच्छ बनाउन धुवाँ निस्कासनको अवस्थामा नियन्त्रण गर्नुपर्ने हुन्छ ।
नभए दम ,खोकी र फोक्सोका बिरामी बढने छ । पछि गएर यो मुटु , मृगौला र अन्य अंगको बिरामी निम्त्याउनेछ ।
गत वर्ष गरिएको एक अध्ययन अनुसार ६८ प्रशित पेट्रोलबाट गुडने र ६० प्रतिशत डिजेलबाट गुड्ने गाडीहरू वातावरण अनुसारको गरिने परीक्षणमा असफल भउका थिए ।
यसका साथै ईंटा भट्टाबाट निस्केन धुवाँले उपत्यकाको हावालाई प्रदुषित गरिरहेको देखिएको छ । ईंटा भट्टाहरूले पनि निर्धारित मापदण्ड पूरा गरी सञ्चालनमा नरहेको पाइएको छ ।
धन्य केही दिन यता भएको बर्षाले राजधानीका धुलोलाई बगाइ दिएर हावाको प्रदुषणलाई घटाइ दिएको विज्ञहरूले बताए ।
विश्वव्यापीरूपमा वायु प्रदुषणबाट विश्वमा बर्सेनी ६० लाख मानिसको ज्यान जाने गरेको छ । ती मध्ये ६लाख बालबालिका रहेका छन् ।
प्रतिक्रिया