पश्चिमाहरुको उक्साहटमा यसरी बिक्दैछन् लेनिन विष्ट  

पश्चिमाहरुको उक्साहटमा यसरी बिक्दैछन् लेनिन विष्ट  

काठमाडौं, २२ जेठ । तत्कालिन प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइराला र तत्कालिन नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको १२ बुँदे बिस्तृत शान्ति प्रकृया बिरुद्ध केही तत्वहरु सल्बलाउन थालेका छन् ।
देशलाई युद्ध र द्धन्द्धको भुमरीमा फँसाएर शान्ति सम्झौताका बिरुद्ध आफ्नो अनुकुलतामा रोटी सेक्न पल्केकाहरु ती बँुदाहरुको आफु अनुकुलतामा व्याख्या गर्दे जनयुद्धमा सहभागि भएका केही व्यक्तिहरुलाई डलरको प्रलोभनमा पारेर चलखेल गर्न सक्रिय छन् । 
पछिल्लो समय पश्चिमा शक्तिहरुको उक्साहटमा लागेका लेनिन विष्टले जनयुद्धमा आफु लगायतका बालबालिकालाई प्रयोग गरेको भन्दै युरोपका केही देश घुमेर त्यहाँका केही व्यक्तिहरुसँग हारगुहार माग्दै हिँडेका छन् । 

नेपालको शान्ति प्रकृया आफ्नै मौलिक प्रकृतिको शान्ति सम्झौता हो । यतिबेला आएर यसमा कुनै पनि विदेशीले चासो राख्नु अस्वाभाविक हो । शान्ति सम्झौताको सम्पू्र्णं निर्णय, फैसला र छिनोफानो भने नेपालकै नेता, कानूनविद्, मानवअधिकारकर्मी, र सरोकार निकायसँगको आपसी छलफलमा नेपाली समाज, संस्कार, संस्कृती, नीति, बिधि, प्रकृया र कानून अनुसार हुनु पर्ने विज्ञहरुको भनाई छ ।

त्यही दश वर्षै जनयुद्ध, त्यसैको जगमा भएको दोस्रो जनआन्दोलन, मधेश आन्दोलन र अन्य बिभिन्न आन्दोलनको आडमा देशले संविधानसभाबाट नयाँ संविधान, संघीयता, गणतन्त्र, धर्मनिरपेरक्षता जस्ता परिवर्तन र अधिकारहरु संस्थागत गरेको छ ।
भनिन्छ, कुनै पनि महान कार्य गर्दा भुलबस केही गल्ति, कमि, कमजोरी भएका रहेछन् भने ती क्षम्य हुन्छन् ।

त्यसैले लेनिन विष्टले कसैले उचाल्दैमा उचालिने र कसैले डलरको आश्वासन दिँदैमा आफ्नो देशले प्राप्त गरेको संघीयता र गाउँ गाउँमा पुगेको जनताको अधिकारलाई लत्याउँन खोज्नु कत्तिको शोभनीय हुन्छ? एनजीओ र आइएनजीओको आडमा शान्ति सम्झौता बिरुद्ध लाग्नु र विदेशी शक्तिहरुलाई गुहार्नु भनेको के फेरी पनि राजतन्त्रको पक्षमा लाग्नु होइन? के यो आफ्नै राष्ट्रियता बिरुद्ध लागेको होइन?

त्यसैले लेनिन विष्ट र उनको पक्षमा वकालत गर्दै हिँड्ने केही अधिकारवादीहरुले पनि गम्भिर भएर सोच्ने बेला आएको छ कि नेपालमा द्धन्द्धको बिज रोपेर देशलाई फेरी पनि अशान्तिमा धेकेल्नु र खाटा लागेको घाउ कोट्याउन खोज्नु नेपाल र कुनै पनि नेपालीको हितमा पटक्कै हुने छैन ।