स्वतन्त्र मधेस राष्ट्र अभियानमा सिके राउत पुनः सक्रिय, भारतका गुरुसरण सिंहले दिए साथ

स्वतन्त्र मधेस राष्ट्र अभियानमा सिके राउत पुनः सक्रिय, भारतका गुरुसरण सिंहले दिए साथ

जनकपुरधाम, २२ जेठ । स्वतन्त्र मधेश राष्ट्र बनाउने लक्ष्येसहित पृथकतावादी तिबिधि त्यागको घोषणा गरेका सिके राउत पुनः सोही अभियानमा सक्रिय भएका छन् ।

मधेशका जिल्लाहरुमा भातृ संगठनको गठन, पुनर्गठन, बिस्तार र प्रशिक्षणको बहानमा सक्रियता जनाउँदै राउतले स्वतन्त्र मधेश राष्ट्रको मुद्दा पुनः उछाल्न थालेका छन् । राउतले प्रशिक्षण अभियानका क्रममा मधेसवादी  पार्टी र २ नं प्रदेश सरकारसँग कार्यगत एकता गरेर आफुहरु सक्रिय रहेको बताउने गरेका छन् । “पहाडिया शासक र शासन दुबै समाप्त पार्न अब लुकेर होइन ठुला ‘वार’ गर्ने चेतावनी सिके राउतले प्रशिक्षहरुमा दिने गरेका छन्” राउतलाई उध्रित गर्दै श्रोतले बतायो । 

दुई नं प्रदेशमा संगठन बिस्तार गर्ने र त्यो अभियान असारबाट सुरु गर्ने राउतको योजना छ । त्यसको लगत्तै प्रदेश १ मा पनि प्रशिक्षण तथा संगठन बिस्तार गर्ने तयारीमा सिके राउत घनिभूत रुपमा लागिपरेको सप्तरीबाट झिल्को संवातदाताले जनाएका छन् । 

श्रोतका अनुसरा सिके राउतसँग कुम जोडेर आन्तरिक भेला प्रशिक्षणमा भारत सितामाडीका गुरुसरण सिंह सँगै हिँडेका छन् । स्वतन्त्र मधेश राष्ट्रका निम्ति आफुहरुले सहयोग गर्ने प्रतिबद्धता उनले जनाउने गरेको छन् ।

भारतीय गुरुसरण सिंहको प्रतिबद्धताले सिके राउतमा रहेका स्वाभिमानी कार्यकर्ता भने यो राष्ट्रघाती अभियान हो भन्दै छोड्न थालेको श्रोत बताउँछ ।

मुलधारको राजनीतिमा सहभागी हुने प्रतिबद्धतासहित जनमत पार्टी बनाएर निर्वाचन आयोगमासमेत दल दर्ता गरेका राउतलाई सरकारले केही महीना अघि जेलमुक्त गरेको थियो ।