सहमति हुन नसकेपछि नेकपाको सचिवालय वैठक बिनानिष्कर्ष सकियो 

सहमति हुन नसकेपछि नेकपाको सचिवालय वैठक बिनानिष्कर्ष सकियो 

काठमाडौं, २२ जेठ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बिनानिष्कर्ष सकिएको छ । जिल्ला ईन्चार्ज र सहईन्चार्जसँगै केन्द्रीय सदस्यको कार्यबिभाजनका लागि बुधबार बसेको बैठक सहमति हुन नसकेपछि स्थगित भएको हो ।

नेकपाभित्र जिल्ला ईन्चार्ज, सह ईन्चार्जसँगै विभिन्न विभागको नेतृत्व चयन गर्न विषयमा नेताहरुबीच भागबण्डा नमिलेपछि बैठक बिनानिष्कर्ष टुंगिएको एक सचिवालय सदस्यले झिल्कोलाई बताए । 

तत्कालीन नकेपा एमाले र माओवादीसँगै आन्तरिक गुट–उपगुटबीच भागबण्डा मिलाउन नसक्दा एकता प्रक्रिया तार्किक रुपमा टुंगिन सकेको छैन ।