गुण्डा नाइके राधे भण्डारी धादिङको गजुरीबाट हतियारसहित पक्राउ, प्रहरीमाथि नै आक्रमण

गुण्डा नाइके राधे भण्डारी  धादिङको गजुरीबाट हतियारसहित पक्राउ, प्रहरीमाथि नै आक्रमण

धादिङ, २३ जेठ । प्रहरीको खोजी सुचीमा रहेका गुण्डा नाइके राधे भण्डारी हतियारसहित पक्राउ परेका छन् । उनी  धादिङको गजुरी गाउँपालिका २ मलेखुबाट बुधबार साँझ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
उनको आक्रमणबाट प्रहरीको गाडीमा समेत क्षति पुगेको छ ।

स्थानीयबासीलाई हतियार देखाउँदै धम्क्याएको सूचनाको आधारमा पुगेको प्रहरीमाथि राधेले आक्रमण गरेको र उनलाई हतियारसहित पक्राउ गरिएको हो । 

नेपाली कांग्रेस निकट तरुण दलको जिल्ला उपाध्यक्षसमेत रहेका भण्डारीले दुई वर्ष अगाडि धादिङबेँसीको शान्तबजार चोकमा दिनेश अधिकारी (चरी) समूहका आयुप तामाङको हात काटेका ।  धादिङमा हुने ठेक्का पट्टा, अबैध बालुवा खानीलगायतको कमिसन राधेले धम्काएर लिने गरेको स्थानियको भनाई छ ।