एशियाली सभ्यता सम्मेलनको अन्तर वयान : नयाँ सभ्यता मार्ग

एशियाली सभ्यता सम्मेलनको अन्तर वयान : नयाँ सभ्यता मार्ग

गएको मे १५ देखि २२ तारिखसम्म जनवादी गणतन्त्र चीनले एशियाली सभ्यता सम्मेलन सफलतापूर्वक सम्पन्न ग¥यो । एशियाका ४७ मुलुकका करिव दुई हजार बढीले औपचारिक सहभागिता जनाएको आयोजक देशले दावी गरेको छ । यो सम्मेलनको अन्तर वयान आइसकेको छैन । सम्मेलनलाई कुम्भ मेला सरह उपयोग गर्ने अर्थ र उद्देश्यले सम्मेलनको नाभी वयानमा पुग्न नसकेको यथार्थ हाम्रो सामु छ । अर्को सम्मेलनको उद्देश्य र लक्षलाई एकाङ्की चस्माले हेर्दा यसको सार पक्ष नेपथ्यमा धकेलिएर रुप पक्ष अगाडि आएको छ ।


चीनले सम्मेलन आयोजना गरेकाले सम्मेलनको अर्थ चीनको महत्वाकांक्षा पूरा गर्ने वा चीनको द्रुत आर्थिक विकासको प्रभाव विस्तार गर्न गरिएको रंगमञ्च हो भन्ने ठहरमा पुग्न सकिन्छ । तर विषय त्यतिमै सीमित छैन । हिन्द–प्रशान्त रणनीतिलाई रोक्ने वा बेल्ट एण्ड रोड इनिसिएटिभलाई विस्तार गर्ने विषयसँग मात्र सङ्केन्द्रित छैन । यो आजको एशियाली मुलुकको परम्परागत सभ्यतासँग आधुनिक सभ्यतासँग पुनर्मिलन गराउने विचारसँग अन्तरसम्वन्धित छ । नयाँ एशियाली सभ्यताको घुम्ती विन्दु हुनेछ ।


कुनै समय थियो, एशियाली सभ्यता विश्व मानव सभ्यताको अब्बल विश्वविद्यालय थियो । तर एशियन सभ्यताले स्थापित गरेको सभ्यताबीचको द्वन्द्वले एशियालाई पछाडि धकेल्यो । हुनत सभ्यता भनेको सामाजिक व्यवस्थाको उच्चतम दर्शन हो  । समाजमा रहनको लागि गरिने तौरतरिका, पद्धतिको संयुक्त रुप हो । र, कुनै पनि सभ्यता आफैमा खराव होइन । मानव समाज विकासमा सभ्यताकै हात छ । यसर्थ हरेक सभ्यताले समाज विकासको मार्ग निर्देशन गरेको हो । तर सभ्यताबीचको जुँगे लडाईंले एशियाली सभ्यता एकअर्कामा वर्ग दुश्मन जस्तो भए । सभ्यताको झण्डामा भएको लडाईंले एशियाली समाजलाइ लामो समयसम्म पछाडि धकेल्यो ।


यहाँ फेरि पनि एशियाली सभ्यता सम्मेलनकै चर्चा गर्नु बढी सान्दर्भिक हुन्छ । सम्मेलनको विविध विशेषताहरु थिए । सभ्यता भन्नाले त्यहाँ भौतिक विषयवस्तुसँग सम्बन्ध हुन्छ । अतः सभ्यतालाई उजिल्याउन सम्मेलनले एशियाली पुर्खाहरुले ‘संयुक्त उज्यालो सभ्यता’ को  अन्तरंग जान्ने मौका पाए । त्यहाँ चार ठूला बुँदामा सभ्यताको उपलब्धि सिर्जना गरियो र सम्मेलन सम्बन्धी २६ वटा विषय समेटिए । 


चिनियाँ मिडियाको अभियान 


यसै अवसरमा चिनियाँ मिडिया ग्रुपले २२ वटा मुलुक घुमेर एशियाली सभ्यताको वित्त चित्र निर्माण गरेका छन् । सम्मेलनका सहभागीले वित्त चित्रको रसास्वावदन गर्न पाए । यो वित्त चित्र एशियाली मुलुकमा आमसमुदायको लागि प्रदर्शन गरिए एशियाको एकतामा अर्को इँट थप्नेछ । र, युद्धलाई एशियालीहरुले नकार्दै जाने छन् । एशियाली सभ्यताको प्रकाश पार्ने यस्ता वित्त चित्रले एशियामा आम र एकीकृत धारणा बनाउन झनै सहज हुनेछ ।

उच्च महत्व 

यो सम्मेलनलाई पहिलो पटक चीनको छिमेकी मुलुक पाकिस्तान र भारतले उच्च महत्व दिएका छन् । ‘बेल्ट एण्ड रोड प्रस्ताव र एशियाली भाग्य समुदायको निर्माण विषय’ गोष्ठीमा पाकिस्तानी राजदूत मसुद खालिदले भनेका थिए, ‘सांस्कृतिक दृष्टिकोणले हेर्दा इतिहासमा पाकिस्तानको क्वादर संस्कृतिले चीनको वौद्धिक धार्मिक संस्कृतिको प्रचार–प्रसार तथा विकासका लागि गहन सिर्जना गरेको छ ।’ पाकिस्तान र चीनलाई जोड्ने सांस्कृतिक पुलले पनि दुवै देशको सम्बन्ध विस्तारमा अरु बढावा दिने राजदूत खालिदले घोषणा गरेका थिए । यसले चीन–पाक सम्बन्धको सेतु अहिले २८ हजार पाकिस्तानी विद्यार्थीहरु चीनमा विविध विषयमा अध्यययनरत छन् । यता १७ हजार चिनियाँहरु पाकिस्तानमा भएको विभिन्न योजना र अध्ययनमा सहभागी छन् ।


यसरी नै चीनका लागि भारतीय राजदूत विक्रम मिश्रीले भारत–चीन सभ्यता अन्योन्याश्रित रहेको बताएका थिए । एशियाली सभ्यताको जननी यी दुई देश भएकोले आधुनिक सभ्यताको जग हाल्न पनि दूवै देशको महत्वपूर्ण भूमिका रहने उनको कथन थियो । ‘एशिया सभ्यता आदान–प्रदान सन्दर्भ र साझा भाग्य समुदाय’ गोष्ठीमा राजदूत मिश्रीले भारत चीन सभ्यता सम्बन्धी वार्ता तथा सांस्कृतिक आदान–प्रदान सबल पार्न आश्वस्त बनाए । चीन भारत दौत्य सम्बन्ध भएको ७० औं वर्षगाँठमा आपसी सम्बन्धलाई नयाँ स्तरमा उकास्ने अपेक्ष राजदूत मिश्रीको थियो ।


एशियाली गीत 

सम्मेलनको अर्को आकर्षण ‘हाम्रो एशिया’ गीत हो । ‘पहाड पानीको नाता, जनता मनबीचको घनिष्ठता’ र एउट भाग्य बोलको गीतले एशियालीहरुको रांंै ठाडो पारी दिन सक्छ । 
एकातिर साम्राज्यवादी मुलुकले हिन्द–प्रशान्त रणनीति जस्तो खुँखार युद्ध नीति अगाडि सारिरहेको बेला एशियाली सभ्यता सम्मेलन एउटा कोशे ढुंगो हो । प्राचीन रेसम मार्ग व्युँताएर नयाँ मार्ग बेल्ट एण्ड रोड ब्युँताए जस्तै यो प्राचिनतम सभ्यतासँग नयाँ सभ्यता जोड्ने कडी हो ।


यो सभ्यता सम्मेलन बीआरआर्ईसँग अभिन्न रुपमा जोडिएको छ । बीआरआई पछि सभ्यता मार्ग बनाउने चिनिया राष्ट्रपति सि जिनपिङको प्रस्ताव आइसकेको छ । यो सभ्यता सम्मेलन, वार्ता, गोष्ठी र छलफलहरु बीआरआईलाई प्रवद्र्धन गर्दै सभ्यताको मार्ग प्रशस्त गर्ने महान अभियान हो । यसले एशियाली मुलुकलाई अबको शताब्दीमा एकतामा जोड्नेछ । समयबद्ध साप्ताहिकबाट

२०७६ साल जेठ २३