मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बादल अस्पतालमा

मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री बादल अस्पतालमा

काठमाडौं, २४ जेठ । शहीद गंगालाल राष्ट्रिय हृदयरोग निवारण केन्द्रमा मुटुको एनजिओप्लाष्ट गरेर आराम गरिरहेका प्रदेश–३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्था बुझ्न गृहमन्त्री रामबहादुर थापा 'बादल' अस्पताल पुगेका छन् ।

बादलले मुख्यमन्त्री पौडेललाई भेटेर स्वास्थ्य अवस्थाका बारेमा सोधपुछ गरेको गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी 'पथिक'ले बताए । स्वास्थ्यमा समस्या देखिएर गत आइतबार पौडेलको एनजिओग्राफी गर्दा मुटुको भल्बमा सामान्य समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए ।

अस्पतालका मुटुरोग विषेशज्ञ डाक्टर चन्द्रमणि अधिकारीको टोली उनको उपचारमा संलग्न छ ।