लोक सेवा आयोगको विज्ञापन संविधानमाथि प्रहारः जनार्दन शर्मा

लोक सेवा आयोगको विज्ञापन संविधानमाथि प्रहारः जनार्दन शर्मा

पोखरा, २४ जेठ । लोक सेवा आयोगले केही दिन अघि बिभिन्न पद तथा तहमा गरी खुलाएको करिव आठ हजार पदपूर्तीको विज्ञापनप्रति प्रदेश सरकार तथा सांसदहरुले बिरोध जनाएका छन् ।

स्थानीय तहमा कर्मचारी माग गर्दै लोक सेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको नेकपाका सांसद जनार्दन शर्माले बताएका छन् । उनले यसलाई तत्काल स्थगीत गर्न राज्य व्यवस्था तथा सुशासन समितिले निर्देशन दिनुपर्ने माग समेत गरेका छन् ।

शुक्रबार बसेको समितिको बैठकमा पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले लोकसेवाको विज्ञापन संविधान अनुसार नभएको र संविधान मिचेको धारणा राखे । ‘यसरी विज्ञापन गरेर संविधानमाथि नै प्रहार भयो । यो कुरा गर्दा निर्णय गर्नेहरुलाई चित्त दुख्ला । तर विषय चित्त दुख्ने र नदुख्ने भन्ने होइन,’ शर्माले बैठकमा भने ।

नेता शर्माले लगातार संविधान मिच्दै अगाडि बढेको भन्दै यस्ता क्रियाकलापले संवैधानिक अराजकता सिर्जना हुने बताए । ‘यसैका कारण संवैधानिक आयोगकै विरोध हुन थाल्यो । यही हो संवैधानिक अराजकता । यसले राष्ट्रलाई संकटमा पर्छ,’ शर्माको भनाई छ ।