डकैती मुद्दाका फरार छिरिङलाई प्रहरीले गोलि हानेर बौद्धबाट पक्रियो 

डकैती मुद्दाका फरार छिरिङलाई प्रहरीले गोलि हानेर बौद्धबाट पक्रियो 

काठमाडौं, २४ जेठ । काठमाडौंको बौद्ध, अत्तरखेलमा शुक्रबार गोली चलेको छ । प्रहरीले अभियुक्त छिरिङ तामाङलाई पक्राउ गर्न गोलि चलाएको हो । 

महानगरीय अपराध अनुसन्धान महाशाखाले डकैती मुद्दाका फरार अभियुक्त छिरिङ तामाङलाई समात्न गोली चलाउनु परेको जनाएको छ । उनको खुट्टामा गोलि लागेको छ  । महाशाखाका सहकुलबहादुर थापाका अनुसार उनीसँगै हतियार देखाएर लुटपाट गर्ने समूहका ४ जना पक्राउ परेका थिए भने सोहि समूहका सदस्य मध्ये फरार रहेका छिरिङ तामाङलाई नियन्त्रणमा लिन खोज्दा प्रहरीमाथि जाइलाग्न खोजेपछि गोलि चलाउनु परेको हो ।

हाल उनको वीर अस्पताल नजिकैको ट्रमा सेन्टरमा उपचार भइरहेको काठमाडौं प्रहरलिे जनाएको छ ।