जनतान्त्रिक मुक्ति मोर्चा (क्रान्तिकारी) को पुनः सक्रियता बढ्यो

जनतान्त्रिक  मुक्ति मोर्चा (क्रान्तिकारी) को पुनः सक्रियता बढ्यो


जनकपुरधाम, २४ जेठ । लामो समय विरामी परेर थलिएर निको भएका जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइत फेरि सक्रिय हुने बताएका छन् । 

सशस्त्र युद्धमार्फत स्वतन्त्र तराई राष्ट्रको निर्माण गर्ने दीर्घकालीन लक्ष्यसहित विगतमा तराईका विभिन्न जिल्लाहरुमा सशस्त्र भूमिगत गतिविधि संचालन गरेका संयोजक जयकृष्ण गोइत केही वर्षयता निस्क्रिय जस्तै रहे पनि पछिल्लो समय पुनःसक्रियता बढाउने योजनासहित सीमावर्ती भारतीय क्षेत्रहरुमा वैठक, भेलाहरु आयोजना गरी समूहका नेता कार्यकर्ता, सहयोगी तथा आफु निकटस्थ व्यतिmहरुलाई एकजुट वनाउने अभियान संचालन गदै रहेको देखिएको छ । 

गोइतको अग्रसरता गत वैशाखमा भारत सुपौल जिल्लाको पिपरा बजार लगायतका विभिन्न स्थानहरुमा फरक फरक मितिहरुमा वैठक भेलाहरु आयोजना गरेपछि उनले नेपालमा गतिविधि बढाएका छन् । 
 
वैठक, भेलाहरुमा जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी) का संयोजक जयकृष्ण गोइत, केन्द्रीय सदस्यहरु सत्यजारायण मण्डल, एस.के. झा र देवकान्त वरवरिया लगायतका व्यक्तिहरु उपस्थित रहने गरेको जनतान्त्रिक, सप्तरीका एक जिल्ला नेताले झिल्कोलाई बताए । 
  
सप्तरीसँग सटेको भारतीय सीमा क्षेत्रमा हालै प्रशिक्षण दिंदै संयोजक गोइतले भने भन्दै ती जिल्ला सदस्यले बताए, ‘आगामी दिनमा नयाँ शिरावाट संगठन बनाउँदै अगाडि बढ्नेछौं, तराई मधेशमा पहिला जिल्ला समिति गठन भएपछि केन्द्रीय समितिको विस्तार गर्नेछौं । अब म आफैले संगठन निर्माण र कार्यकर्ता परिचालन गर्नेछु । स्वास्थ्य स्थितिले गर्दा मैले केही वर्ष विश्राम लिएको थिएँ तर अब म पूर्ण स्वस्थ भएको छु ।’

मधेसवादी  पार्टी र २ नं प्रदेश सरकारसँग कार्यगत एकता गरेर आफूहरु सक्रिय हुने र वैधानिक र अवैधानिक संघर्षको तालमेल गरी “पहाडिया शासक र शासन दुबै समाप्त पार्न अब लुकेर होइन खुल्ला ‘वार’ गर्ने चेतावनी सिके राउतले जस्तै गोइतले पनि दिने गरेको गोइतको भनाइ उद्धृत गर्दै श्रोतले बतायो । 

दुई नं प्रदेशमा संगठन बिस्तार गर्ने र त्यो अभियान असारबाट सुरु गर्ने गोइतेको योजना रहेको छ । प्रदेश १ मा पनि प्रशिक्षण तथा संगठन बिस्तार गर्ने तयारीमा उनी रहेका छन् ।

श्रोतका अनुसार गोइतसँगै कुम जोडेर आन्तरिक भेला प्रशिक्षणमा भारत सीतामाडीका गुरुशरण सिंह हिँडेका छन् । स्वतन्त्र मधेश राष्ट्रका निम्ति आफूहरुले सहयोग गर्ने प्रतिबद्धता उनले जनाउने गरेको छन् । सी के राउतलाई पनि उनैले सहयोग गर्ने गरेको समाचा्र छ ।