मोदीका लागि पाकिस्तानी हवाई क्षेत्रबाट जान पाउने अनुमति माग

मोदीका लागि पाकिस्तानी हवाई क्षेत्रबाट जान पाउने अनुमति माग

काठमाडौ  भारतले प्रधानमन्त्री नरेन्द्र मोदीको विमानलाई पाकिस्तानी हवाई क्षेत्रबाट जान पाउने अनुमति माग गरेको छ ।

यो महिना जुन १३ र १४मा आयोजना हुने संघाइ कर्पोरेशन संगठनको बैठकमा भाग लिन  किर्गीस्तानको राजधानी बिश्केक जान मोदीका लागि पाकिस्तानी हवाई मार्गको अनुमति दिन भारतले आग्रह गरेको सरकारी स्रोतले जनाएको भारतीय सञ्चार माध्यम द हिन्दुले जनाएको छ ।

दुई देशले एक अर्काका विदेशमन्त्रीका लागि यो सहुलियत गत महिना गराइसकेका छन् ।

पाकिस्तानी भूमि बालाकोटमा भारतले गरेको हवाई आक्रमण पछि सबै विमान उडाका लागि हवाई मार्गमा प्रतिबन्ध लगाइएको थियो ।

भारतबाट उड्न सबै ११ हवाई मार्गमा लगाइएको प्रतिबन्ध मध्ये २ हवाई मार्गको प्रतिबन्ध पाकिस्तनले हटाएको छ ।

भारतबाट उडने विमान सेवाका लागि अझ  लामो दूरी तय गरी जानुपर्ने अवस्था छ । बिश्केक पुग्न लामो दूरीबाट ८ घन्टाको उडान समय लाग्छ भने पाकिस्तानको हवाई मार्ग प्रयोग गरिए यो करिब चार घन्टामा झर्छ ।

मे महिनाको शुरूमा भारतले भारतले पाकिस्तानी विदेशमन्त्री शाह महमूद कुरेसीका लागि माल्दिभ्स र श्रीलंका पुग्न आफ्नो हवाई मार्ग प्रयोग गर्न दिएको थियो ।

ठीक यसै गरी पाकिस्तानले तत्कालीन विदेशमन्त्री सुष्मा स्वराजलाई मे २२ र २३मा संघाई कोपरेशन संगठनका विदेशमन्त्रीहरूको बैठकमा भाग लिन हवाई मार्ग उपयोग गर्न अनुमति दिएको थियो ।

विदेशमन्त्रीहरूका लागि हवाई मार्ग उपयोग गर्न दिने गतिविधि यी दुई देशबीच भएको देखिए पनि फेब्रुअरी २७ देखि लगाएको यो हवाई प्रतिबन्धलाई जुन १५सम्मका लागि विस्तार गरेको छ । 

यसले गर्दा यात्रुहरूलाई लामो बाटोको हवाई यात्रा र बढी भाडा तिर्न बाध्य पारेको छ । प्रतिबन्ध नहटाइए मध्य एसियामा पढ्ने भारतीय विद्यार्थीहरूलाई यो गर्मी विदामा आउन पनि यो समस्याको सामना गर्नुपर्ने हुन्छ ।