भ्रष्टाचारीलाई कारवाही गर्न सक्ने कानुनी व्यवस्था माग्दै खेलकुदमन्त्री विश्वकर्मा

भ्रष्टाचारीलाई कारवाही गर्न सक्ने कानुनी व्यवस्था माग्दै खेलकुदमन्त्री विश्वकर्मा

काठमाडौं, २६ जेठ । युवा तथा खेलकुदमन्त्री जगतबहादुर विश्कर्माले अदालतले पुनर्वहाली गर्न नसक्ने गरी भ्रष्टाचारलगायत गलत काम गर्ने राष्ट्रिय खेलकुद परिषद्का पदाधिकारीलाई कारवाही गर्न सक्ने गरी कानुनी व्यवस्था गर्नु पर्ने माग गरेका छन् ।

आइतबार संघीय संसदको विधायन व्यवस्थापन समितिको बैठकमा ‘राष्ट्रिय खेलकुद विकास विधेयक, २०७५’ माथिको छलफलमा उनले अदालतले भ्रष्टाचार गरेकाहरुलाई पनि राष्ट्रिय खेलकुद परिषद्मा पुनर्वहाली गर्ने गरेकोमा असन्तुष्टि व्यक्त गरे ।

गम्भिर गल्ती गरेकाहरुलाई परिषद्बाट हटाए पनि अदालतको आदेशबाट पुनर्वहाली हुने गरेको भन्दै मन्त्री विश्वकर्माले असन्तुष्टि व्यक्त गरेका हुन् ।