साउनमा बजेट फेरिने सम्भावना
काठमाडौ । अर्थमन्त्री डा. युवराज खतिवडाले जेठ १५मा ल्याएको बजेट साउनमा फेरिने सम्भावना बढेर गएको छ ।
खतिवडाले भारतीय बजारका गतिविधिलाई ध्यान दिएर ल्याएको सो बजेट भारतले अषाढमा ल्याउन लागेको बजेटका कारण फेरिने सम्भावना रहेको अर्थविद्हरूको बुझाइ छ ।
भारतको संघीय सरकारले अषाढ २०मा पूर्ण बजेट ल्याउने भएपछि साउन तिर यसमा परिमार्जन हुने ठूलो सम्भावना रहेको अर्थविद्हरूले बताए ।
नेपालको आयात निर्यात वा व्यापारको दुई तिहाइ जति हिस्सा भारतीय बजारसँग भएकाले भारत ल्याउन लागेको सो बजेटबाट परिमार्जन हुने ठूलो सम्भावनालाई नकार्न नसक्ने उनीहरूले बताए ।
अर्थविद् डा.चन्द्रमणि अधिकारीले भारतको बजेटबाट नेपालको बजेटमा परिवर्तन गर्नुपर्ने आवश्यकतालाई नकार्न नसकिने बताएका छन् ।
भारतीय बजारमाथिको परनिर्भरता र त्यहाँको कर प्रणालीले पार्ने प्रभावलाई इन्कार गर्न नसकिने विषयमा प्रायः सबै अर्थविदहरू सहमत देखिन्छन् ।
यसबाट यो सरकारलाई बजेटलाई अझ आफ्नो अनुकूल बनाउन पाउने अर्थराजनीतिक स्थान प्राप्त हुनेछ ।
भारतको संघीय सरकारले पूर्ण बजेटका लागि आम नागरिकसँग २० जुनसम्म सुझाव दिन भनेको छ । बजेटमा आम सहभागीतालाई बढाउन सरकारले आम जनताासँग सुझाव मागेको हो ।
अर्थमन्त्री निर्मला सीतारमणले व्यापारीहरूले दिएको सल्लाह सुझावलाई ध्यानमा राख्ने विश्वास दिलाएकी छिन् । साथै उनले आम जनताबाट आउने सुझावलाई पनि सकेजति समावेश गर्ने बताएकी छिन् ।
यसमा उनलाई सघाउने टीममा राज्यमन्त्री अनुराग ठाकुर र मुख्य आर्थिक सल्लाहकार के सुब्रमण्यम समावेश छन् ।
वित्तमन्त्रालयको औपचारिक टीमको नेतृत्व वित्त सचिव सुभाषचन्द्र गर्गले गरिरहेका छन् ।
१७औं लोकसभाको पहिलो सत्र १७ जुनदेखि २६ जुलाईसम्म चल्ने निर्धारण गरिएको छ ।
वित्तीय वर्ष २०१९–२०का लागि आर्थिक सर्भेक्षण ४जुलाईका दिन सदनमा प्रस्तुत हुने छ । त्यसको भोलि पल्ट वित्तमन्त्री सीतारमणले पूर्ण बजेट पेश गर्ने छिन् ।
निर्वाचन पूर्वका वित्तमन्त्री अरूण जेटलीले अन्तरिम बजेट प्रस्तुत गरेका थिए । आम जनतालाई सुझाव दिन माइ गभ डट इनमा पठाउन भनिएको छ ।
प्रतिक्रिया