ट्रम्पले आफ्नो मान्छेलाई  बेलायती प्रधानमन्त्री बनाउन खोजेको खुलासा

ट्रम्पले आफ्नो मान्छेलाई  बेलायती प्रधानमन्त्री बनाउन खोजेको खुलासा

काठमाडौ । कन्जरभेटिभ पार्टीकी नेतृ तथा बेलायती प्रधानमन्त्री टेरिजा मे पदबाट राजीनामा दिएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको लेबर पार्टीका नेता जेरेमी कर्बिनलाई कुनै पनि हालतमा प्रधानमन्त्री बन्न नदिन गरेको गुप्त योजनाको खुलासा भएको छ ।

ट्रम्पको हर्कतलाई  कतिपयले आन्तरिक मामिलामा स्पस्ट हस्तक्षेप भएको भनी आलोचना गरेका छन् ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बेलायतको प्रधानमन्त्रीमा लेबर पार्टीका नेता कर्बिनलाई हुन नदिन भरमग्दुर प्रयास गरिरहेको यहुदी नेताहरू माझ बोलिरहेको एक रेकर्डिङ ‘द वासिटन पोस्ट’ले छापेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

अमेरिका र बेलायतबीचको विशेष सम्बन्धमा यो बेलायतको आन्तरिक मामिलामा हस्तक्षेप होइन र भनी चर्चा भइरहेको छ ।

कर्बिन प्रधानमन्त्रीले चुनाव जितेमा उनलाई व्यवस्थापन गर्न फलामको च्युरा चपाउनुसरह हुने आशयको बोली  अमेरिकी विदेशमन्त्री पोम्पेओले बोलेको उल्लेख गरिएको छ ।

कर्बिन यहुदी पक्षधर नभएकोले उनलाई प्रधानमन्त्री हुन नदिनलाई अमेरिकी पर्खेर नबस्ने उनले जनाए । यो काम आफैंमा धेरै कठिन काम हो ।

ट्रम्पले पनि कर्बिनलाई आफूले एक नकारात्मक शक्तिको रूपमा पाएको स्वीकार गरिसकेका छन् ।

ट्रम्पले बेलायतका पूर्व विदेशमन्त्री बोरिस जोन्सनलाई रूचाएको र मे पछिको प्रधानमन्त्री बनाउन चाहेका छन् ।

यो समाचार सार्वजनिक भएपछि  सामाजिक सञ्जालमा अमेरिकाले बेलायतको आन्तरिक मामिला हस्तक्षेप गरिरहेको र यो विडम्बनापूर्ण भएको भनी टिप्पणी गरिएको पाइएको छ ।