सरकारको नेतृत्व परिवर्तनबारे युरोप पुगेर के भने प्रधानमन्त्री ओलीले ?

सरकारको नेतृत्व परिवर्तनबारे युरोप पुगेर के भने प्रधानमन्त्री ओलीले ?

युरोपको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नेतृत्व परिवर्तनबारे आफ्नो दलले निर्णय गर्ने जनाएका छन् ।

सोमवार बेलुका ब्रिटेनको प्रतिष्ठित अक्स्फोर्ड विश्वविद्यालयस्थित विद्यार्थी युनियनले आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आफ्नो दलभित्रको राजनीतिबारे टिप्पणी गरेका हुन् ।

“के तपाईँ अढाई वर्षपछि सरकार छोड्नुहुन्छ ?” भन्ने एक प्रश्नको उत्तरमा प्रधानमन्त्री ओलीले दुई वामपन्थी दलहरू एकीकरण गर्दा भएका सहमतिबारे अब सत्तारुढ दलले निर्णय गरेअनुसार हुने बताए ।
दुई दलका शीर्ष नेताबीच भएको सहमतिअनुसार आलोपालो नेतृत्व गर्न सत्तारुढ नेकपा (नेकपा) का अर्का अध्यक्ष प्रचण्डले स्मरण गराइरहँदा ओलीको त्यस्तो भनाइ आएको हो ।

एमाले र माओवादीबीच एकीकरण भएर बनेको नेकपामा ओली र प्रचण्ड दुवै जना अध्यक्ष छन् । उनीहरूले आफूहरू एउटै विमानको सहचालक भएको बताउने गरेका छन् । बीबीसीबाट