तातिदै हिमनदी, बाढी र खडेरी ल्याउने चेतावनी
काठमाडौ । सगरमाथा क्षेत्रका हिमनदीको तापक्रम अपेक्षा गरिए भन्दा बढी भएकाले यसले आउँदा दिनमा बाढी र खडेरी ल्याउने वैज्ञानिकहरूले चेतावनी दिएका छन् ।
बेलायत आधारित लिड्स विश्वविद्यालयका वैज्ञानिकहरूले सगरमाथा क्षेत्रमा गरेको अध्ययनबाट यस्तो जानकारी प्राप्त भएको जनाएका छन् । उनीहरूले सन् २०१६–०१९सम्मको परियोजना अध्ययनबाट खुम्बु क्षेत्रको हिमनदीका हिम टुक्रा अपेक्षा गरिए भन्दा बढी तातो रहेको फेला पारेका हुन् ।
पाँच हजार दुई सय मिटरको उचाइँमा रहेको खुम्बु हिमदीको क्षेत्रमा प्वाल पारी यो अध्ययन गरिएको थियो । यसरी निकालिएको सबैभन्दा चिसो हिम टुक्राको तापक्रम ३.३ डिग्री सेल्सियस मात्र रहेको उनीहरूले जनाए ।
हरेक दशकमा यो क्षेत्रको हिमनदीको तापक्रम ०.५ डिग्री सेल्सियसका दरले बढ्दै गएको छ । यसरी बढ्दै जाने हो भने यसले बाढी र खडेरी निम्त्याउने चिन्ता वैज्ञानिकहरूले व्यक्त गरेका छन् ।
सगरमाथा आधार शिविरको हिम टुक्राको तापक्रम माइनस ३.३ डिग्री सेल्सियस रहेको पाइएको छ । यो अपेक्षा गरिए भन्दा धेरै तातो भएको उनीहरूको बुझाइ छ ।
यसरी हिमनदीका टुक्राहरू तातिदै जाँदा यो पग्लेर बाढी ल्याउनेछ । हिमनदी यसरी तातिनुले जलवायु परिवर्तनका खतरनाक अवस्था निम्त्याउने छ ।
हिमनदीभित्रको तापक्रमले यस क्षेत्रको भौगोलिक समिकरणमा फेरबदल ल्याउने चिन्ता पनि अध्ययन व्यक्त गरिएको छ ।
सोलुखुम्बुको वायु तापक्रम निरन्तर बढ्दै जानेछ । यसले पनि खुम्बु क्षेत्रको हिमनदीलाई पगाल्न सहयोग पु¥याउने छ । चट्टान खस्ने र हिमपोखरी र ताल विस्फोट हुने त्यतिखेर स्वाभाविक बन्ने छ । खुम्बुको हिमनदीका कम्तीमा विभिन्न २७ स्थानमा प्वाल पारेर अध्ययन गरिएको छ ।
प्रतिक्रिया