हिमताल बिस्फोटको जोखिमको चिन्ता 

हिमताल बिस्फोटको जोखिमको चिन्ता 

सगरमाथा क्षेत्रका हिमतालको विस्फोटनबाट हुने जलवायु परिवर्तनसम्बन्धी जोखिमबारे त्यहाँका स्थानीयहरूमा चिन्ता बढाएको एक अध्ययनले देखाएको छ ।

अरिजोना स्टेट युनिभर्सिटीबाट विद्यावारिधि गरिरहेकी सोनाम शेर्पाको नेतृत्वमा यो अध्ययन गरिएको हो ।

शेर्पा अगुवाइको टोलीले गरेको अध्ययनबाट प्राकृतिक रूपमा त्यस क्षेत्रमा रहेका बाधा अवरोध भत्किएपछि हिमताल विस्फोटन हुने गरेको जनाएको छ । यसरी आउने बाढीले त्यस तलका क्षेत्रमा ठूलो विपत्ति ल्याउनुको साथै जलवायु परिवर्तनसम्बन्धी अन्य जोखिम निम्त्याउने गरेको जनाइएको छ ।

सगरमाथा क्षेत्रका एक सय ३८ घरपरिवारहरूसँगको अन्तरक्रियामा गरिएको यो अध्ययनबाट तिनको व्यवहारले यसक्षेत्रको प्राकृतिक अवस्थालाई पार्ने प्रभावबारे अध्ययन गरिएको छ ।

उनीहरूमध्ये २७ प्रतिशतले भूइचालोलाई ठूलो जोखिम मानेका छन् भने २३ प्रतिशतले हिम बाढीलाई । ठूलो खुम्बु क्षेत्रकी शेर्पा आफैले पनि भूइचालोका बेला हिमताल फुट्ने जोखिमबाट भयभित भएको बताएकी छिन् ।

वैज्ञानिक, सरकार र स्थानीय समुदायलाई जोखिम कम गर्न आवश्यक बृहत्तर योजना बनाउनुपर्ने आवश्यकता यो अध्ययनले सिफारिस गरेको छ ।