बेलायतमा प्रधानमन्त्री ओलीको बोलीः नेपालीहरु वीर छन् भन्ने कुरा पहिलोपटक बेलायतले थाहा पायो

बेलायतमा प्रधानमन्त्री ओलीको बोलीः नेपालीहरु वीर छन् भन्ने कुरा पहिलोपटक बेलायतले थाहा पायो

काठमाडौ् २९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरु वीर छन् भन्ने कुरा पहिलोपटक बेलायतले थाहा पाएको बताएका छन् ।

बेलायतस्थित दूतावासमा आयोजित स्वागत समारोहमा नेपाली समुदायलाई सम्बोधन गर्दे प्रम ओलीले विश्वभर फैलिएको नेपाली समुदाय मिलेर बसेकोमा खुसीसमेत व्यक्त गरे । 

आफ्नो स्वागतमा आयोजित समारोहमा बोल्दै प्रम ओलीले भने, ’नेपालीहरु वीर छन् भन्ने सबैभन्दा पहिले बेलायतले थाहा पायो’, उनले भने, ’ब्रिटिस गोर्खाको सुरुवात भएपछि दुनियाँले थाहा पाए ।’ उनले नेपाली डायस्पोराको पनि प्रशंसा गरे ।

उनले भने ‘नेपाली डायसपोरा जहाँ पुगेको छ, त्यहाँका नागरिकलाई धक्का दिएर होइन, मिलेर सहयोगी बनी बसेको छ, म यसमा गर्व गर्छु’, ओलीले भनेका छन् ।  प्रधानमन्त्री ओली मंगलबार बेलायतस्थित गोरखा ब्रिगेड एशोसियसनको मुख्यालय पुगेका थिए । बेलायत भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले बेलायतको काम्बलीस्थित गोरखा सैनिकहरुको मुख्यालय पुगेर कार्यरत गोरखा सैनिक र तिनका परिवारलाई भेटेका हुन् ।