समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै, चुनाव चिन्ह आँखो कि राँको ?

समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता हुँदै, चुनाव चिन्ह आँखो कि राँको ?

काठमाडौं । सत्तारुढ उपप्रधान तथा स्वस्थ्यमन्त्री उपेन्द्र यादव नेतृत्वको समाजवादी पार्टी, नेपाल आज निर्वाचन आयोगमा दर्ता हुने भएको छ ।

बाबुराम भट्टराइको नयाँ शक्तिसँग एकीकरण गरेकोे समाजवादी पार्टीले झण्डा र चुनाव चिन्ह टुंगो लगाएर साढे १२ बजे दल दर्ताका लागि निर्वाचन आयोगमा जाने पार्टीले जनाएको छ  ।

चुनाव चिन्ह र झण्डाबारे आजै बस्ने पदाधिकारीको बैठकले टुंगो लगाउने तयारी गरेको समाजवादीका एक केन्द्रीय सदस्यले झिल्कोलाई बताए । यसअघि संघीय समाजबादी फोरमले प्रयोग गरेकै झण्डालाई नयाँ दलको पनि झण्डा बनाउने कुरामा लगभग सहमति रहेको तर चुनाव चिन्ह के राख्ने भन्ने बारेमा टुंगो लाग्न बाँकी रहेको ती नेताले बताए ।