बामदेवको ब्यायाम : फुर्सद कि स्वास्थ्यप्रति सचेत ?

बामदेवको ब्यायाम : फुर्सद कि स्वास्थ्यप्रति सचेत ?

काठमाडौं, ३० जेठ । अधिकाँश राजनीतिक दलका शीर्षस्थ नेताहरु बिहानदेखि बेलुकीसम्म राजनीतिक छलफल, गुटका भेला र उद्घाटन समापनलगायतका बिभिन्न कार्यक्रममा ब्यस्त हुने गर्छन् । तर नेकपाका एक सचिवालय सदस्य बामदेव गौतम भने फुर्सदिला भएर हो वा स्वास्थ्यप्रति सेचत भएर हो सामाजिक सञ्जाल फेसबुक पेजमा ‘मर्निङ वाक’ देखि कसरत र ब्यायाम गरेका तस्वीरहरु पोष्ट गरिरहेका छन् ।

उनले बिहीबार बिहान तस्वीरसहित यस्तो स्ट्याटस पोष्ट गरेका छन्, “नियमित शारीरिक ब्यायामले प्रत्येक दिनलाई सरल, उर्जाशिल र गतिशिल बनाँउछ, स्वस्थ्य रहौं, खुसी रहौं, शुभ बिहानी !”

त्यसको एकदिन अघि बुधबार गौतमले सामाजिक सञ्जाल फेसबुकमा आफूले व्यायाम गरेका तस्बिरहरू सार्वजनिक गर्दै लेखेका छन्, “शारीरिक ब्यायाम जसले शरीरको आन्तरिक तथा बाह्य दुवै शुद्धिलाई सन्तुलन मिलाएर अघि बढाउँछ, स्वस्थ्य रहौं खुशी रहौं !!! शुभबिहानी !!!!!!!”

२०६५ सालमा गृहमन्त्री हुँदा मुटुमा समस्या देखिएपछि उनलाई आकस्मिक रूपमा नर्भिक अस्पतालमा भर्ना गरिएको थियो । त्यसयता नियमित रुपमा ब्यायाम थलेका उनी बिरामी नपरेको पारिवारीक श्रोतले बतायो । 

बिहान ४ बजेनै उठेर व्यायाम थाल्ने ६९ बर्षीय गौतम एक घन्टा ललतिपुरको भैँसेपाटीको घरदेखि मगरगाउँसम्म हिँड्ने गरेका छन् ।