भेनेजुएलाका राष्ट्रपतिको अमेरिकी जनतासँग अपील

भेनेजुएलाका राष्ट्रपतिको अमेरिकी जनतासँग अपील

भेनेजुएलाका राष्ट्रपतिले निकोलस मुदरोले अमेरिकी जनतालाई भेनेजुएला विरूद्ध राष्ट्रपति डोनाल्ड ट्रम्पले लड्न खोजेको अर्को भियतनाम युद्ध रोक्न लगाउन आग्रह गरेका छन् ।

मदुरोले भने “ट्रम्प भन्दा तपाई ठूलो हो । भेनेजुएला विरूद्ध अर्को भियतनाम युद्ध लड्न रोक्न लगाउनुस ।”

अमेरिकी जनतालाई सम्बोधन गर्दै उनले यस्तो आग्रह गरेका हुन् । चार मिनेटको भिडियोमा मदुरोले अमेरिकी जनतालाई गरेको सो सम्बोधन मदुरोको औपचारिक फेसबुक पेजमा राखिएको छ ।

कोलम्बियाली सरकार र माफियालाई लगाएर अमेरिकी राष्ट्रपति ट्रम्पले आफ्नो हत्याको योजना बनाएको आरोप लगाएका मदुरोले सो भिडियोमा आठ दिनभित्र भनेजुएलामा राष्ट्रपति निर्वाचन गराउन युरोपेली युनियनले दिएको अल्टिमेटमलाई अस्वीकार गरेका छन् । 

उनले भेनेजुएलामा आर्थिक संकट रहेको र त्यसको समाधान देशभित्रैबाट खोजिनुपर्ने बताए । भियतनाम युद्धमा ५८ हजार अमेरिकी सैनिकको ज्यान गएको थियो । सन्  १९७३ मा अमेरिकी सैनिक फिर्ता गरिएको थियो ।