पूर्व शिक्षामन्त्री पौडेलको निधन

पूर्व शिक्षामन्त्री पौडेलको निधन


काठमाडौ ३१ जेठ । पूर्व शिक्षामन्त्री तथा नेकपाका केन्द्रीय सदस्य डिआर पौडेलको निधन भएको छ ।

चितवनका लोकप्रिय नेताको रूपमा चिनिएका पौडेलको ह्दयघातबाट निधन भएको छ ।

बिहान सात बजे एक्कासी उनको निवासमा मुटुमा समस्या उत्पन्न भएको देखिएपछि उनलाई अस्पताल लाँदालाँदै बाटो निधन भएको थियो ।

अस्पताल पुगेपछि यो जानकारी चिकित्सकहरूले उनका परिवारजनलाई गराएका थिए ।

चितवन माडीमा उनको निधन भएको गृहमन्त्री रामबहादुर थापा बादलका राजनीतिक सल्लाहकार तथा नेकपाका केन्द्रीय सदस्य सूर्यप्रकाश सुबेदी पथिकले समाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

जानकारी पाएपछि उनका शुभेच्छुहरूले आश्चर्यसहित श्रद्धाञ्जली व्यक्त गरिहेका छन् ।

पौडेलका श्रीमती र दुई छोरी छन् । श्रीमती गंगा बेल्बासेसमेत सक्रिय राजनीतिमा छिन् ।