सुनको मूल्य उकालो लाग्यो, मूल्यमा रकेर्ड ब्रेक गर्ने संकेत

सुनको मूल्य उकालो लाग्यो, मूल्यमा रकेर्ड ब्रेक गर्ने संकेत

नेपाली बजारमा गतहप्ताबाट उकालो लागेको सुनको मूल्य यस हप्ताभर उतारचढाब भै हप्ताको अन्तिममा भने ह्वात्तै बढेको छ । सुनको मूल्य बढ्ने मात्रै होइन यस्ले रेकर्ड बे्रक गर्ने संकेत देखिएको छ । अन्तराष्ट्रिय बजारमा सुनको मूल्य ह्वात्तै बढ्नुमा गल्फ अफ ओसनमा दुईवटा तेलको ट्यांकरमा विस्फोट गराइएसँगै अमेरिका र इरानविच तनाब बढेको छ भने अर्कोतिर चीन र अमेरिकाको ब्यपार युद्धमा केही प्रगती भएको छैन, ब्यापार युद्ध अझ बढ्दै गएको छ । अन्र्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत एकै दिन भारी मूल्यले बढेको देखिन्छ भने सुनको मूल्यमा अन्तराष्ट्रिय रुपमै बढेको छ । 


आईतबार बजार खुल्दा सुनको मूल्य प्रति १० ग्रामको रु ५३,६७० रहेकोमा शुक्रबार रु ५४,०१५ प्रति १० ग्राम कायम रही हप्ताभरमा ३४५ प्रति १० ग्राममा बढेको छ भने चाँदी आईतबार प्रति १० ग्राम रु ६२१.५० कायम रहेको भाउ आज शुक्रबार प्रति १० ग्रामको ६१७.५० कायम भई हप्ताभरीमा रु ४ प्रति १० ग्राम घटेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । 

अन्र्तराष्ट्रिय बजारमा आजै सुनको मूल्य ह्वात्तै बढेकोले नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राख्ने संकेत गरेको छ । आजै नेपाल सुनचाँदी ब्यवसायी महासंघले राखेको मूल्यभन्दा बढी मूल्यमा बैंकहरुले कच्चा सुन खरिद गरि गहना बनाउने ब्यवसायीहरुसँग डिल गरेको खवर प्राप्त भएको छ । यसबाट सुनको मूल्यमा नयाँ रेकर्ड हुने त होइन भनेर चासो साथ हेरिएको छ । 

नेपाली बजारमा सुनको मूल्य बढ्दा भने ग्राहकले पुरानै गहना गालेर नयाँ बनाउने हुँदा काँचो सुनको डिमाण्ड भने घट्ने गर्छ । सुनको मूल्य बढ्दा पैसा आवश्यक पर्नेले पसलमा गहना समेत विक्री गर्न ल्याउने गर्दछन् ।