विश्वकप क्रिकेटमा भारत–पाकिस्तान भिड्दै, मोदी–इमरान ‘शीतयुद्ध’ले विश्वको ध्यान खेलमा खनियो 

 विश्वकप क्रिकेटमा भारत–पाकिस्तान भिड्दै, मोदी–इमरान ‘शीतयुद्ध’ले विश्वको ध्यान खेलमा खनियो 

काठमाडौं । विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गत आज भारत र पाकिस्तानबीच खेल हुँदैछ । यो क्रिकेटको भिडन्त मात्र नभई यी दुई देशबीचका शासकहरुको प्रतिष्ठाको लडाईँ पनि मानिएको छ । विश्व क्रिकेटमा सबैभन्दा धेरै हेरिने खेल यी दुई राष्ट्रबीचको त हुँदै हो । तर त्यो भन्दा पनि मोदी र इमरान खानबीच जारी वाकयुद्ध र शीतयुद्धले गर्दा यो खेललाई आम दर्शक तथा क्रिकेटप्रेमीहरु भन्दा पनि बढी विश्वका कूटनीतिज्ञहरुले चासोका साथ हेरिरहेका छन् ।

यो खेलमा समस्त भारत र पाकिस्तानका समर्थकको प्रतिष्ठा जोडिएको छ । दक्षिण एसियाका दुई पावर हाउसहरुको प्रतिस्पर्धा प्रत्यक्ष हेर्न दर्शकहरुको पनि ठूलै प्रतिस्पर्धा हुने गरेको छ । सीमित टिकटका लागि असीमित दर्शकको दाबेदारी छ ।

भारत र पाकिस्तानबीचको खेलको टिकट जारी भएको केही घण्टामा नै सकिएपछि केही भारतीय समर्थकहरुले भारतीय कप्तान विराट कोहलीको ढोका ढकढकाउन समेत पुगेको समाचार सम्प्रेषण गरेका छन् ।

गत फागुनमा भारतीय वायुसेनाको एक विमानले नियन्त्रण रेखा पार गर्दै पाकिस्तान क्षेत्रमा बम खसालेको थियो । उक्त विमानले पाकिस्तान क्षेत्रको बालाकोटमा बम खसालेर भागेको थियो ।

यसरी बम खसालेर भागेकामा भारतको स्थानीय सरकारले भने देशको लागि सही कदम उठाएको बताइरहेको थियो  । स्थानीय सरकारका अनुसार भारतीय विमानले हवाइ सीमा उल्लङ्घन नगरिकनै उक्त क्षेत्रमा बम खसालेको हो । सेनालाई उक्त कदम उठाउन प्रधानमन्त्री नरेन्द्र मादीले नै अनुमति दिएको केन्द्रीय मन्त्री प्रकाश जावडेकरले भनेका थिए ।

पाकिस्तान र भातको सीमक्षेत्र जम्मु काश्मिरमा वर्षौँदेखि दुई देशबीच किचलो हुँदै आएको छ । विश्व अतंकवादबिरुद्ध आवाज उठाउने भारतले बेला बेलामा पाकिस्तानको क्षेत्रमा प्रवेश गरी हवाइ आक्रमण गर्दा र पाकिस्तानले पनि त्यसका बिरुद्ध प्रत्याक्रमण गर्दा छिमेकी राष्ट्रहरुमा समेत कहिलकहीँ त्रास उत्पन्न हुने गरेको छ ।