योगेश भट्टराईको ट्वीटः प्रधानमन्त्री फर्कनुभयो गुठी विधेयक स्थगित गरौँ 

योगेश भट्टराईको ट्वीटः प्रधानमन्त्री फर्कनुभयो गुठी विधेयक स्थगित गरौँ 

काठमाडौं, १ असार । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता तनथा सांसद योगेश भट्टराईले गुठी विधेयक फिर्ता लिन आग्रह गरेका छन् ।  सामाजिक सञ्जालमा ट्विट गर्दै भट्टराईले विधेयकका बारेमा सरकारले बुझाउन नसकेको र बुझ्नेले बुझ्न नचाहेको टिप्पणी गरेका छन् । 

उनले प्रतिपक्षी नेपाली कांग्रेसले गुठीको आन्दोलनको भुंग्रोमा रोटी सेक्न थालेको भन्दै सरकारले फिर्ता लिनु उपयुक्त जनाएका छन् । उनी लेख्छन्, “गुठी विधेयकः बुझाउनुपर्नेले बुझाउन सकेनन्, बुझ्नुपर्नेले बुझ्न कोसिस नै गरेनन् । आगोमा रोटी सेक्न अवाञ्छित पनि मिसिए र साम्प्रदायिक सद्भावमाथि धावा बोल्न थाले । प्रधानमन्त्री स्वदेश फर्कनुभयो । अब यो विधेयकलाई स्थगित गरी नयाँ शिराबाट अघि बढ्नु नै उपयुक्त होला प्रधानमन्त्रीज्यू !”