चिप बनाउने अमेरिकी कम्पनीहरू हुआवेइ प्रतिबन्ध खुकुलो गराउन  गुप्त लबिङ गर्दै

चिप बनाउने अमेरिकी कम्पनीहरू हुआवेइ प्रतिबन्ध खुकुलो गराउन  गुप्त लबिङ गर्दै

काठमाडौ चिप बनाउने अमेरिकी कम्पनीहरूले हुआवेइमाथिको प्रतिबन्धलाई खुकुलो बनाउन गुप्तरूपले लबिङ गरिरहेका छन् ।

क्वाल्कम र इन्टेलजस्ता चिप बनाउने ठूला कम्पनीहरूले आफ्नो चिप हुआवेइलाई बेच्न पाउने गरी यस्तो प्रयास गरिरहेको  अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन् ।

तर हुआवेइ आफै भने लबिङ गर्न छाडेको देखिएको छ ।

ती कम्पनीका कार्यकारी हैसियतका व्यक्तिहरूले व्यापार विभागका अधिकारीहरूसँग छलफल गरेको र उनीहरूसँग गुप्तरूपमा बैठक बसेको पाइएको छ ।

उनीहरूले यसो भन्नुको पछाडि हुआवेइलाई जोगाउनु नभएर अमेरिकी कम्पनीलाई हानिबाट जोगाउनु उद्देश्य रहेको तर्क प्रस्तुत गरेका थिए ।

अमेरिकाले  आफ्नो राष्ट्रिय सुरक्षाको लागि खतरा भएको भन्दै हुआवेइसँगको कारोबारलाई अवैध घोषणा गरेको थियो ।

सन् २०१८मा हुआवेइले विभिन्न कम्पनीहरूबाट ७० अर्ब अमेरिकी डलर बराबरको उपकरण खरिदमा खर्च गरेको थियो ।

त्यसमध्ये ११ अर्ब अमेरिकी डलर बराबरको खरिद क्वाल्कम, इन्टेल र माइक्रोनबाट खरिद गरिएको थियो ।

अमेरिकाको सेमीकन्डक्टर इन्डस्ट्री एसोसिएसनले पनि  यसबारे सरकारसँग छलफल गर्ने भएको छ ।

तर सम्बन्धित कम्पनीहरूले यसबारे कुनै प्रतिक्रिय दिन अस्वीकार गरेका छन् ।