आफुलाई संसदमा प्रतिनिधित्व गराउन एकनाथ ढकालले भेटे प्रम ओली 

आफुलाई संसदमा प्रतिनिधित्व गराउन एकनाथ ढकालले भेटे प्रम ओली 

काठमाडौ, २ असार । परिवार दलका अध्यक्ष एकनाथ ढकालले चुनावका बेला भएको तीनबुँदे सहमति कार्यान्वयन गर्न प्रधानमन्त्री केपी शर्मा ओली सममक्ष माग गरेका छन् । 

प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर उनले सहमतिमा परिवार दलको संघीय संसदमा प्रतिनिधित्व सुनिश्चित गरिने उल्लेख रहेको भन्दै उक्त बुँदा कार्यान्वयन गर्नु पर्ने माग गरेका छन् । 

प्रधानमन्त्रीसँग भएको भेटमा ढकालले राष्ट्रिय सभामा आफ्नो दलको प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेका हुन् । प्रधानमन्त्री ओलीले भने यसबारे दलमा छलफल गर्ने जवाफ दिएको नेकपाका एक स्थायी समिति सदस्यले बताए ।