गुठी विद्येयकबारे नायीका करिश्मा मानन्धरको आयो यस्तो धारणा 

 गुठी विद्येयकबारे नायीका करिश्मा मानन्धरको आयो यस्तो धारणा 

काठमाडौं, २ असार । सरकारले ल्याएको गुठी विद्येयकबारे सर्बत्र बिरोध हुन थालेपछि नायीका करिश्मा मानन्धरले पनि यस बारेमा आफ्नो धारणा सार्वजनिक गरेकी छिन् । 

उनले सामाजिक सञ्जाल फेशबुकमा गुठी भगवानसँग जोडिएको मात्र नभई यो इतिहास र संस्कृतिसँग पनि जोडिएको उल्लेख गरेकी छिन् । 

उनी लेख्छिन, ‘इतिहास नभएको कुनै ठाउँ, प्राणी या वस्तु हुदैन आफ्नो अस्तित्व खोजी गर्न हरेकले आफ्नो इतिहास कोट्याउनु पर्ने हुन्छ ।’उनले हाम्रो समाजमा धेरै प्रकारका प्रथाहरु छुवाछूत, बोक्सी, अन्य कुरितीहरु भएपनि ती सबै गर्व गर्न लायक नभएको उल्लेख गर्दै राम्रा परम्पराको भने जगेर्ना गर्नु पर्ने धारणा उल्लेख गरेकी छिन् । 

उनले गुठी परम्परा हाम्रो संस्कृतिका धरोहर भएकाले त्यसको जगेर्ना गर्न हाम्रा पू्र्खाले बनाएको एउटा निकाय भन्दै संस्कृतिक धरोहरको स्याहारका लागि गुठीहरु सही प्रकारले सञ्चालन भएका छन् कि छैनन ? यो सरकारले ध्यान दिनुपर्ने विषय भएको उल्लेख गरेकी छिन् । उनी लेख्छिन्, ‘कतै गुठीको नाममा मुठ्ठीभर मानिसहरुले दुरुपयोग गरिरहेका छन् कि ।’

गुठीलाई पुनरावलोकन गरेर नयाँ सञ्चालनविधि स्थापना गर्नुपर्ने नायीका मानन्धरले सुझाव दिएकी छिन् । मोहीहरुको कुरा आफ्नो ठाउँमा सहि भएको उल्लेख गर्दै उनले पुर्खौँदेखि कमाइ आएको जमिनमा आफ्नो स्वमित्व नहुनु समय सापेक्ष नलाग्ने पनि धारणा पनि पेस गरेकी छिन् । 

यो समस्या सहि प्रकारले सम्बोधन गरिएन भने समस्या निम्त्याउन सक्छ भन्दै उनले सरकारले परिपक्व निर्णय लेला भन्ने आशा गरेकी छिन् ।