यस्तो छ भारतले किन्न लागेको रुसी मिसाइलः एस –४००

यस्तो छ भारतले किन्न लागेको रुसी मिसाइलः एस –४००

जापानको ओसाकामा आगामी जुन २८–२९ मा हुने जि–२० देशहरुको बैठकमा भारतले अमेरिकालाई सम्झाउने भएको छ । अमेरिकाले रुसबाट किन्न लागेको हवाई प्रतिरक्षा मिसाइल एस–४०० किन्न लागेकामा आपत्ति जनाउँदै आएको छ । तर भारतले रुससंग गरेको यो खरिद सम्झौता रद्द नगर्ने भएको छ ।

मोदी–ट्रम्प भलाकुसारी 

जुन २८–२९ मा हुने सम्मेलनकै बेलामा मोदी–ट्रम्प भलाकुसारी हुँदैछ । तर यसअघिनै अमेरिकी विदेश मन्त्री माइकल पम्पिओ दिल्ली आउँदैछन् । रुससंग भएको मिसाइल खरिद सम्झौताको मुद्धा पम्पिओले उठाउने छन् । 

रुस–भारत सम्बन्ध : पहिलो गाँसमै ढुंगा :

यता अमेरिकाले रुस–भारत सम्बन्ध पहिलो गाँसमै ढुंगा परेको महशुस गरिरहेको छ । तर भारत अमेरिकालाई सम्भाmउनेमा लागेको छ । भारतले अमेरिका र भारतकाबीच रक्षा र कुटनीतिक सम्बन्ध गाढा रहेको उल्लेख गर्दै आएको छ । भारतले बहुध्रुवीय कुटनीतिक सम्बन्धका विषयहरु विश्वका एक देशको कुनै अर्को देशको सम्बन्ध अन्य देशकोलागि बाधक हुन नसक्ने जिकिर गर्दै आएको छ । 

भारतलाई अत्यावश्यक छ : एस- ४००

ज्ञातव्य छ एस- ४०० रुसको सबैभन्दा आधुनिक रक्षा यन्त्र हो । गएको साल रुससंग यो हतियार खरिद गर्न भारतले सम्झौता गरेको थियो । यो हथियार अमेरिकाको थाड प्रणालिी भन्दा राम्रो मानिन्छ । यसले परमाणु क्षमता भएको मिसाइललाइ पनि एकै साथ नष्ट गर्न सक्छ । यसले ४०० किमी टाढा र ३० किमि उचाइमा कुनैपनि मिसाइल, एयरक्राफ्ट गिराउने क्ष्मता राख्छ । पाकिस्तानको कारण भारतलाई यो सम्झौता चाहिएको हो ।