सावधान ! लिची खाएर २४ घन्टामा २० बालबालिकाको मृत्यु
काठमाडौ । नेपालको दक्षिणी सीमासँग जोडिएर रहेको भारतीय प्रान्त बिहारमा लिची खाएर २४ घन्टामा २० बालबालिकाको मृत्यु भएको छ ।
ती बालबालिकाहरूमा अक्युट इन्सेफ्लाटिस सिन्ड्रोमका लक्षण देखिएको र उपचारबाट जोगाउन नसकिएको पाइएको छ ।
बालबालिकामा यस्तो लक्षण लिचीबाट आएको देखिएको छ । अहिलेसम्म यो २० गरी कुल ९७ जनाको मृत्यु भएको छ ।
भारतका स्वास्थ्य मन्त्री हर्षबद्र्धनले मुजफ्फरपुरस्थित श्री कृष्ण मेडिकल कलेज तथा अस्पतालको चार घन्टे भ्रमणको क्रममा रोगबारे जानकारी लिए ।
यो अस्पतालमा ३ जनाको मृत्यु भएको जनाइएको छ ।
१४६ बिरामीको उपचार जिल्लाभरि गरिएको पाइएको छ । यो रोगमा मष्तिष्कमा ज्वरो र टाउको दुख्ने लक्षण देखापर्छ ।
यो रोगको भाइरस लिचीबाट आएको पाइएको छ । अमिनो एसिडको असामान्य संयोजन लिचीमा पाइएको र यसले ग्लुकोज उत्पादनलाई समाप्त पार्छ ।
यसले हाइपोग्लिसेमिया र त्यसपछि अक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम आउने गर्छ ।
यो रोगको उपचार उच्च गर्मीका कारण प्रभावशाली हुन नसकेको त्यहाँका स्वास्थ्य सचिव सञ्जयकुमारले जनाए । त्यस क्षेत्रमा लुका कारण ५६ मानिसको मृत्यु भइसकेको जनाइएको छ ।
प्रतिक्रिया