कांग्रेसले सदनमा सम्बोधन गर्न नदिएपछि ५ बजे पत्रकार सम्मेलन गर्दै प्रम ओली
काठमाडौं, ३ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार अपरान्ह ५ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोधका कारण प्रतिनिधिसभाको मंगलबारको बैठकमा सम्बोधन गर्न नपाएपछि प्रधानमन्त्रीले सिंहदरबारस्थित आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गर्न लागेका हुन् ।
नेपाली कांग्रेसले प्रधानमन्त्रीको सम्बोधनभन्दा अघि आफ्ना दलका नेताले बोल्न पाउनुपर्ने भन्दै बैठकमा अवरोध गरेपछि सम्बोधन गर्ने कार्यक्रम प्रभावित भएको थियो ।
यसैबीच पत्रकार सम्मेलन अघि प्रधानमन्त्री ओलीले सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा शीर्ष नेताहरुसँग परामर्श गरेका छन् । प्रधानमन्त्रीले मंगलबार संसदमा भएको घटना, प्रतिपक्षी दलले केही समय अघिदेखि उठाउँदै आएका विभिन्न विधेयकलगायतका एजेण्डा, युरोप भ्रमणका क्रममा गुठी विधेयकलाई लिएर सदनदेखि सडकसम्म भएको विरोधलगायत विषयमा नेताहरुसँग परामर्श गरेका हुन् ।
प्रतिक्रिया