संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री कांंग्रेससँग आक्रामक

 संसदमा बोल्न नदिएपछि प्रधानमन्त्री कांंग्रेससँग आक्रामक

 
काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिपक्षी दल नेपाली कांग्रेस अति दक्षिणपन्थी बनेको आरोप लगाए ।


परिवर्तनकारी शक्तिलाई प्रतिबन्ध लगाउने र प्रतिक्रियावादीहरुसँग साँठगाँठ गर्ने कांग्रेसको पुरानै बानीले देश परिवर्तन हुन नसकेको भन्दै अहिले पनि कांग्रेस त्यही दिशामा अघि बढेको बताए ।


संसद अवरुद्ध गरेर विपक्षीले संसदको गरिमा घटाउने काम गरेको पनि उनले बताए । ठूलो बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको साझा दायित्व रहेको भन्दै उनले संसदको गरिमा घटाएर त्यो उपलब्धि रक्षा हुन नसक्ने बताए ।
  

अहिले सरकारको नेतृत्व गरिरहेको पार्टी फुत्त कतैबाट निस्किएर सरकारमा पुगेको नभई लामो उतारचढाव पार गर्दै आएको प्रधानमन्त्री ओलीले बताए ।


मर्यादित प्रेस, प्रेस स्वतन्त्रता, मानवअधिकारको रक्षाका लागि अडिग रहेको भन्दै लोकतन्त्रको जगेर्नाका लागि सरकार कटिबद्द भएर लागेको बताए । प्रधानमन्त्री ओलीले लोकतन्कोत्र आवरणभित्र बसेर विपक्षले लोकतन्त्रविरुद्ध नै षड्यन्त्र गरेको आरोप लगाए ।

संसदमा आफ्नो कुरा राख्न नदिएपछि प्रमले पत्रकार सम्मेलन गरेर आफ्नो धारणा राखेका थिए ।