फेरि शुरू भो अमेरिका चीन वार्ता

फेरि शुरू भो अमेरिका चीन वार्ता

काठमाडौ । धम्कीको भरमा चीनलाई निहुराउन खोज्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ राष्ट्रपति सी जिनपिनसँग भेटवार्ताका लागि प्रयास थालेका छन् ।

जापानको ओसाकामा जी ट्विन्टीको शिखर सम्मेलनमा यी दुई नेताहरूबीचको भेटवार्ताका लागि दुबै पक्षका वार्ता समूहहरू छलफलमा जुटेका छन् ।

दुई देशबीचको व्यापार युद्ध समाप्त पार्ने उद्देश्यले यो वार्ता महत्वपूर्ण रहेको छ ।

दोस्रो पदावधिका लागि निर्वाचन अभियानको शुरूवात गर्दै अमेरिकी राष्ट्रपति ट्रम्पले जी ट्विन्टीको बेला सीसँगको भेटवार्ता हुने बताए ।

यसअघि उनले सीसँगको भेटवार्ताबारे जवाफ दिन इनकार गर्दै आएका ट्रम्पले यस्तो बताएका हुन् ।

सीसँग टेलिफोनमा राम्रो कुरो भएको र जापानमा  भेट हुन अघि दुई देशका समूहले भेटवार्ता गरिरहेको उनले बताए ।

व्यापार युद्धका बारेमा चीन र अमेरिका दुबै मिलेर गए फाइदा हुने लडेर गए दुबैलाई घाटा हुने सीको भनाइ चिनियाँ मिडियाले जनाएको छ ।