जी ट्विन्टीको जापान शिखर सम्मेलनले बलियो, दीगो, सन्तुलित तथा समावेशी बृद्धिका लागि निकास देला र ?

जी ट्विन्टीको जापान शिखर सम्मेलनले बलियो, दीगो, सन्तुलित तथा समावेशी बृद्धिका लागि निकास देला र ?

काठमाडौ । आर्थिक र विकासका आधारमा ठूला र बलिया देशहरूको समूह जी ट्विन्टीको जापान शिखर सम्मेलनले बलियो दीगो , सन्तुलित तथा समावेशी वृद्धिका लागि निकास दिनेमा विश्वका देशहरू अपेक्षा गरी बसेका छन् ।

आर्थिक क्षेत्रलाई परिचालन गर्ने अन्तर्राष्ट्रिय क्षेत्रका विज्ञहरूले चीन र अमेरिकाबीचको व्यापार युद्ध तत्काल समाप्त हुने चिन्ता व्यक्त गरिरहेका छन् ।

अमेरिका र चीनका अडानले यस विषयमा कुनै पहल भएको देखिएको छैन् । मे महिनामा व्यापारसम्बन्धी विषयमा हुँदै आएको अमेरिका चीन वार्ता समाप्त भएको थियो ।

दुवै देशले एक अर्काका सामानहरूमा अतिरिक्त भन्सार शुल्क थपेर युद्धलाई थप रूपमा चर्काएका छन् ।

विश्वका दुई ठूला अर्थतन्त्रबीचको व्यापार युद्ध चर्किरहेको बेला जी ट्विन्टीको बैठकबाट केही निकास निस्कनुपर्ने देशहरूको चाहना अस्वाभाविक होइन् ।

जी ट्विन्टीको जापान शिखर सम्मेलनको  पहिलो एवं महत्वपूर्ण कार्यहरू जोखिममा परेको छ ।

अन्तर्राष्ट्रिय मुद्रा कोषकी (आइएमएफ) प्रमुख क्रिस्टिन लाग्रेडले विश्व बृद्धि कमजोर र पुनर्जीवन अनिश्चित भएको बताएकी छिन् ।

 उनले चीन अमेरिका व्यापारयुद्धको तनावका कारण विश्वको वृद्धि ०.५ प्रतिशतले कम हुने चिन्ता जाहेर गरेकी छिन् ।

यो भनेको करिब ४ खर्ब ५५ अर्ब अमेरिकी डलर बराबर छ जुन दक्षिण अफ्रिकाको अर्थतन्त्र भन्दा ठूलो छ ।

यसका अतिरिक्त सम्मेलनबाट पहिलो सन् २००८–०९को विश्वव्यापी वित्तीय संकट, दोस्रो न्यून ब्याजदरले देशहरूको आर्थिक वर्षको समस्या र ट्रम्पले अतिरिक्त भन्सार शुल्क लगाएर डब्लुटीओलाई किनारमा ल्याइ पु-याएको समस्या सम्बन्धी विषयहरू पनि महत्वपूर्ण छन् ।

तर हालै जी ट्विन्टीका सदस्य राष्ट्रहरूको वित्तमन्त्रीहरूको बैठकमा अमेरिकी वित्तमन्त्री स्टिभ म्नुचिनले चीनसँगको विवादले अमेरिकी अर्थतन्त्रलाई सुस्त बनाइरहेको प्रमाण आफूले नदेखेको टिप्पणी गरे ।

यसले विश्वव्यापर संगठन( डब्लुटीओ)मा संशोधनको माग गरेको छ । जुन २०२०मा डब्लुटीओका सम्मेलन हुने भएको छ । यससम्बन्धी विषय त्यसमा उठने छन् ।

तर जुनको अन्त्यमा सम्पन्न हुन लागेको जी टिव्न्टीको शिखर सम्मेलनको आयोजक देश जापानले गुणस्तरीय पूर्वाधार लगानी, भरपर्दो ऋण, सामाजिक तथा वातावरणीय संरक्षण तथा बलियो सुशासनसम्बन्धी विषयमा वैश्विक एजेन्डा तय गर्ने र त्यसका लागि पहल गर्ने विषय स्वाभाविक छ । यी विषयमा बेल्ट एन्ड रोड इन्सिएटिभसँग जोडिएका विषयहरू पनि छन् ।

यस सम्मेलनमा ‘विश्वासका साथ डेटाको स्वतन्त्र प्रवाह’को आफ्नो अवधारणालाई जापानी प्रधानमन्त्री सिन्जो आबेले प्रस्तुत गर्ने अपेक्षा गरिएको छ ।

उनले यो विषय डाभोस सम्मेलनमा उठाएका थिए । या विषयमा अमेरिका, युरोप र चीनका डेटासम्बन्धी मतभेदले सफलता पाउन सजिलो हुने देखिएको छैन् ।

तर जी ट्विन्टीले ओरालो लाग्दै गएको विश्व अर्थतन्त्रको कुल गार्हस्थ्य उत्पादनको चुनौतीलाई पूरा गर्न कुन गतिमा अघि बढने होला त्यो विषय टाढाको छ ।

महत्वपूर्ण विषय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिनबीचको भेटवार्ताको विषय महत्वपूर्ण छ ।

थर्काएरै चीनलाई मनाउन सकिने रणनीतिको बर्को ओढेका अमेरिकी राष्ट्रपति ट्रम्पले सीसँगको भेटवार्ता हुन सक्ने विषयको पुष्टि गरेका छन् ।

तर त्यसबाट कुनै ठोस निकास निस्कनेमा आंशका भने बाँकी छ ।जुन २९–३०मा सम्पन्न हुन लागेको शिखर सम्मेलनको एक साता बाँकी रहेको छ ।

यो समयमा चीन र अमेरिकाका प्रतिनिधिहरूबीच कुनै किसिमको सहमति कायम भए त्यसले जी ट्विन्टीको शिखर सम्मेलनलाई उपलब्धिमूलक बनाउन सहयोग गर्नेमा अपेक्षा गरिएको छ ।

तर यो त्यसै भन्न सकिने अवस्था भने छैन् ।

ट्रम्प र सीले तय गरेको व्यापार युद्धको तीन महिने  विरामको अवस्थामा यो विषय सुल्झिन नसकेकाले यसै भन्न सकिने अवस्था छैन् ।

तर दुुबै देशको आर्थतन्त्रका विभिन्न समूहका तर्फबाट दबाब चरमतर्फ बढिरहेकाले यसबाट कुनै बाटो खुल्ने सम्भावनालाई इन्कार भने गर्न सकिँदैन् ।