संसदमा कड्किदै जनार्दनले भने “रुकुमको बजेट झापा लैजानुहोस्” 

संसदमा कड्किदै जनार्दनले भने “रुकुमको बजेट झापा लैजानुहोस्” 

काठमाडौं, ४ असार । सत्तारुढ दल नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ बुधबार सदनमा बजेटप्रति असन्तुष्टि जनउँदै मज्जैले कड्किएका छन् ।

उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा तिखो टिप्पणी गरे । ‘२४० लेखेको छ । करोड हो कि लाख हो ?’ उनले भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस् । रकमान्तर गरेर झापा हालियोस् । म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु ।’ उनले फेरी थपे, “यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा पनि लैजानुहोस् ।” नेतामुखी बजेट बनेको भन्दै उनले असन्तुष्टि तीब्र जनाए ।

बजेटप्रति तीब्र असन्तुष्टि जनाउँदै उनले भने, श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेको अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर देशको शिर निहुरिएको छ, म दुःखी छु ।’

संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले युवाहरुलाई विदेश पठाएर नहुने भन्दै श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन् ।

आफ्नो नेतृत्वमा लोडसेडिङ भएको स्मरण गर्दै उनले भने, ‘त्यो गरे वापत मैले सजाय पाएँ । मेरो जिल्लाका जनताले मलाई भने, ‘गत वर्ष त भुल भयो भनिस्, यो वर्ष के भयो ? फेरि अध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु ।’