परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

परिणाम निस्कने गरी काम गर्न गृहमन्त्रीको निर्देशन

४ असार, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले प्रदेशमा बाहिनीपतिको रुपमा सरुवा भएका  सशस्त्र प्रहरी बलका डीआईजीहरुलाई आज गृहमन्त्रालयमा  निर्देशन दिए ।

गृहभन्त्रीले जोड दिदैं भने,  ‘एक्सन र रिजल्ट ओरियन्टेड भएर काम गर्नुहोस् । राष्ट्र सेवकको मूल्यांकन उसले दिने परिणामबाट मात्र हुन्छ, त्यही भएर परिणाम निक्लने गरी काम गर्नुहोस्। एपीएफलाई राज्यले दिएको जिम्मेवारी अनुरुप  शान्ति सुरक्षा, सीमा सुरक्षा, विपद् व्यवस्थापनका साथै  सीमामा हुने तस्करी,राजस्व चुहावटमा विशेष ध्यान दिनुहोस् ।  प्रदेशको विशिष्टता  अनुसार एक्सन प्लान बनाउनुहोस । जनतासँगको सम्बन्ध सुमधुर राख्दै काम गर्नुहोस ।’  

सो क्रममा गृहसचिव प्रेमकुमार राईले गृहप्रशासन सुधार कार्ययोजना, मन्त्रालयको नीति नियम, निर्देशन, संगठनको कार्ययोजना अनुुरुप काम गर्न निर्देशन दिए। मनसुन सुरु हुन लागेकोले कार्यक्षेत्रमा जानासाथ आफ्नो प्रदेशको विपद् व्यवस्थापनको लागि आवश्यक योजना बनाउन उहाँले निर्देशन दिए ।