चिनियाँ राष्ट्रपति सी उत्तर कोरिया प्रस्थान
काठमाडौ ।चिनियाँ राष्ट्रपति सी जिनपिन उत्तर कोरियाको राजकीय भ्रमणका लागि प्रस्थान गरेका छन् ।
चीनको राज्यद्वारा सञ्चालित सञ्चार माध्यमले जनाए अनुसार राष्ट्रपति सी बिहीबार दुई दिने राजकीय भ्रमणका क्रममा त्यस तर्फ प्रस्थान गरेका हुन् ।
विश्व समुदायबाट एक्लिएर रहँदै आएको उत्तर कोरियाको भ्रमण गर्ने गत १४ वर्षमा पहिला चिनियाँ नेताको रूपमा सीले यो भ्रमण गर्न लागेका हुन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियाली नेता किम जोंग उनसँग भिएतनाममा गरेको दोस्रो शिखर सम्मेलन परिणाम विहीन भएपछि अमेरिका र उत्तर कोरियाबीचको सम्बन्धमा फेरि गतिरोध उत्पन्न भएको थियो ।
ठीक यही बेला उत्तर कोरियासँग राम्रो सम्बन्ध रहेको चीनसँग अमेरिकी राष्ट्रपति ट्रम्पले व्यापार युद्ध चर्काइरहेका छन् ।
सी र ट्रम्पबीच जुन महिनाको अन्त्यतिर जापानको ओसाकामा भेटवार्ता हुन भइरहेको यो भेटलाई कुटनीतिक वृतमा गम्भीररूपमा लिइएको छ ।
केही महिना अघि रूसले चीनसँग मिलेर उत्तर कोरिया मामिलामा पहल लिनुपर्ने जनाएको थियो ।
विश्व मामिलामा कुुटनीतिक रूपमा अडकिएर रहेको उत्तर कोरिया र इरानको विषयमा पहल लिन सक्ने नेताको रूपमा सीलाई लिइएकोमा यो भ्रमणलाई महत्वपूर्ण मानिएको हो ।
प्रतिक्रिया