करछली मुद्दामा भारतीय टेलिभिजन एनडीटीभीका मालिक दोषी

करछली मुद्दामा भारतीय टेलिभिजन एनडीटीभीका मालिक दोषी

काठमाडौ । भारतका ठूला टेलिभिजन कम्पनी मध्ये एक एनडीटीभीका संस्थापकहरू प्रनोय रोय र राधिका रोयले आम्दानी लुकाएर कर छली गरेको अभियोगमा उनीहरू विरूद्ध आय कर विभागले दायर गरेको मुद्दामा आर कर पुनरावेदन अदालतले मुद्दामा उनीहरूलाई दोषी मानेको छ ।

न्यू देलही टेलिभिजन(एनडीटीभी)ले १ अर्ब १७ करोड भारू भन्दा बढीको आम्दानी दुबैले लुकाएको भनी उनीहरू विरूद्ध दायर गरिएको थियो ।

उनीहरू विरूद्ध अदालतको अपहेलना र सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा पनि लगाइने स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

तर संस्थापक प्रनोय रायले यसमा आम्दानी लुकाएको प्रश्नै नउठ्ने बताए । उनले यो आय कर पुनरावेदन अदालतले  गरेको फैसला विरूद्ध पुनरावदेन गर्ने जनाए ।

आयकर विगभाले जनाए अनुसार रोयले सन् २००९को अगस्तमा एनडीटीभीको शेयर चार रूपैया भारूको दरले किनेका थिए ।

त्यतिखेर यो कम्पनीको शेयरको कारोबार १४० रूपैया भारूमा भइरहेको थियो ।

उनीहरूले खरिद गरेको ती शेयरलाई सोही दिन आरआरपीआर होल्डिङ्ग्सलाई बजारको भाउमा बेचिदिए ।

यसबाट उनीहरूलाई पुँजीगत लाभ २ खर्ब भारू भन्दा बढीको भयो ।

आआरपीआर होल्डिङ्ग्समा दुबै रोय ५० प्रतिशतका साझेदार भएको आयकरका अधिकारीहरूको भनाइ रहेको छ ।

उनीहरूले यो आम्दानीमा तिर्नुपर्ने आयकर नतिरेको कर विभागका दाबी छ ।

तर रोयले यो शेयर बजार भाउमा हस्तान्तरण मात्र भएको बताएका छन् ।

उनीहरूबाट हरेकलाई आम्दानी लुकाएको अभियोगमा १४ करोड भारू तिर्नुपर्ने हुन्छ तर आयकर विभागले त्यसमा थप जरिवाना तोकि हरेकबाट १७ करोड तिराउने भएको विभागका अधिकारीहरूको भनाइ छ ।

उनीहरूले यो कम्पनी १९८८मा स्थापना गरेका थिए ।