नेपाली महिला पुरूष भन्दा कम ज्याला पाउँछिन
काठमाडौ । समान तहमा काम गर्ने नेपाली महिलाले पाउने पारिश्रमिक पुरूषले पाउने भन्दा धेरै कम पाउने गरेको देखिएको छ ।
केन्द्रीय तथ्यांक विभागले गरेको अध्ययन अनुसार नेपालमा काम गर्ने महिला पुरूष बीचको पारश्रमिकमा २९. ४५ प्रतिशतको अन्तर रहेको देखिएको हो ।
उच्च माध्यमिक तह वा सो भन्दा माथिका काम गर्ने पुरूषले औसत २८,३४१ रूपैंया पारिश्रमिक प्रतिमहिना पाउँछन भने सोही तहमा काम गर्ने सोही शिक्षा प्राप्त महिलाले १९,९९३ रूपैयाँ पाउने गरेको तथ्यांक विभागले हालै गरेको श्रम सम्बन्धी सर्वेक्षणबाट थाहा भएको हो ।
सबै प्रकारको शिक्षा स्नात्तक, स्नात्तकोत्तर र विद्यावारिधि गरेका महिला पुरूषले पाउने पारिश्रमिकमा अन्तर देखिएको अध्ययनले देखाएको छ ।
स्नात्तक वा सो सरह शिक्षा पाएका पुरूष कामदारले औसतरूपमा २५,६३६ रूपैयाँ प्रतिमहिना पाउँछन् भने सोही तहमा सोही तहको शिक्षा प्राप्त गरेकी महिलाले औसतरूपमा त्यो भन्दा २९ प्रतिशतले कम भइ १८,२०० रूँपैया पारिश्रमिक पाउने गरेकी तथ्यांक विभागको अध्ययनमा देखिएको हो ।
स्नात्तकोत्तर गरेका पुरूष कामदारले औसतरूपमा ३२,२५० रूँपैया पाउँछन । सोही तहकी महिलाले पुरूषको भन्दा २३ प्रतिशत कम २४,७३३ रूपैयाँ पाउने गरेको देखिएको हो ।
विधा वारिधि(पीएचडी) गरेकी महिलाले पुरूष समकक्षीको भन्दा ५.७ प्रतिशतले कम पारिश्रमिक पाउने गरेको देखिन्छ ।
महिला र पुरूषबीच पारिश्रमिकको अन्तरसम्बन्धी विश्वव्यापीरूपमै रहेको छ । श्रम संगठन र त्यसक्षेत्रका अगुवाहरूले यस्तो जनाउने गरेका छन् ।
राष्ट्रसंघीय प्रतिवेदनहरूमा पनि महिला पुरूषबीचको पारिश्रमिकसम्बन्धी अन्तरबारे चिन्ता व्यक्त गरेको पाइन्छ ।
नेपालमा श्रम शक्तिमा लैङ्गिक विभेदलाई तुलनात्मक अध्ययन गरिएको यो पहिलो पटक भएको देखिएको छ ।
विश्वव्यापीरूपमा पारिश्रमिक लैङ्गिक अन्तर २० प्रतिशत रहेको छ भने नेपालको सन्दर्भमा यो अन्तर ३० प्रतिशतको हाराहारीमा रहेको छ ।
प्रतिक्रिया