प्रहरी कारवाहीमा बिप्लबका सर्लाही इञ्चार्ज मारिए

प्रहरी कारवाहीमा बिप्लबका सर्लाही इञ्चार्ज मारिए

जनकपुर, ५ असार । प्रहरी कारवाहीमा आज नेत्रविक्रम चन्द्र ‘विप्लव’ नेतृत्वको नेकपाका सर्लाही इन्चार्जको मृत्यु भएको छ । सर्लाहीकै लालबन्दीमा विप्लवका सर्लाही इन्चार्ज कुमार पौडेलको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।

दुई मोटरसाइकलमा रहेका चार जनाले प्रहरीमाथि गोली चलाउँदा जवाफी कारबाहीमा इन्चार्ज पौडेल मारिएको प्रहरी प्रवक्ता डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । मारिएका पौडेलसँगै रहेका अन्य तीन जना जंगलतिर भागेको प्रहरीले जनाएको छ ।  

उनीहरु चढेको एउटा अनटेस्ट र अर्को ना. २२ प. ६४ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । मारिएका पौडेलको झोलाबाट एक थान थ्री नट थ्री पेस्तोल र कटुवा बन्दुक बरामद भएको प्रहरीले दाबी गरेको छ ।