योग दिवसः चितवन पुगेर उपराष्ट्रपति ‘पासाङ’ ले गरे एक घण्टा योग अभ्यास (तस्वीरसहित)

योग दिवसः चितवन पुगेर उपराष्ट्रपति ‘पासाङ’ ले गरे एक घण्टा योग अभ्यास (तस्वीरसहित)

चितवन, ६ असार । उपराष्ट्रपति नन्द बहादुर पुन ‘पासाङ’ले पाचौँ अन्तराष्ट्रिय योग दिवसको अवसरमा चितवन पुगेर योग अभ्यास गरेका छन् । 

उपराराष्ट्रपतिका प्रेस संयोजक मनोज घर्तीले सामाजिक सञ्जाल फेशबुकमा पोष्ट गरेको जानकारी अनुसार पतञ्जली योग समिति, चितवनले भरतपुरमा शुक्रबार आयोजना गरेको कार्यक्रममा उपराष्ट्रपति पुनले योग अभ्यास गरेका हुन् । 

उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले सयौँ योग अनुरागीकासाथ एक घण्टा योग अभ्यास गरेको प्रेस संयोजक घर्तीले जनाएका छन् ।