अमेरिकामा हिन्दु मन्दिर तोडफोड, भगवानको मूर्तिमा कालो मोसो

अमेरिकामा हिन्दु मन्दिर तोडफोड, भगवानको मूर्तिमा कालो मोसो

अमेरिकाको केण्टुकी राज्यमा एक हिन्दु मन्दिर तोडफोड गरेर भगवानको मूर्तिमा कालो मोसो दलियो । लुइसविले शहरमा स्थापित स्वामी नारायण मन्दिरमा आइतवारदेखि मंगलबारको बीचमा यो घटना भएको समाचारमा जनाइएको छ । 

यो आराधिक घटना कसले घटायो भन्नेबारेमा प्रहरीले अहिलेसम्म सुइको पाउन सकेको छैन । 

समाचारमा जनाइए अनुसार मूर्तिमा कोलो मोसो दल्ने, झ्याल तोडफोड गरेर ढोकामा अपशब्द लेखिएको छ । यो हर्कतले यस क्षेत्रमा रहेका हिन्दु धर्माबलम्बीलाई धेरै ठूलो मानसिक चोट रहेको जनाइएको छ ।